फ्लाइट छुट्दा महिला राष्ट्रिय क्रिकेट टिम सडक मार्गबाट नेपाल फर्कंदै

Nepal womens cricket team

बंगलादेशमा मैत्रीपूर्ण टि-२० सिरिज खेल्न पुगेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम फ्लाइट छुट्दा सडक मार्गबाट नेपाल फर्कनु पर्ने भएको छ। टिम बिहिबार नेपाल पुग्ने तालिका थियो।

नेपाली टिमले कोभिड-१९ प्रोटोकल पुरा नगरेको कारण उडान गर्न नपाएको हो। अनिवार्य कोभिड-१९ पीसीआर रिपोर्ट देखाउनु पर्ने प्रोटोकल रहेता पनि टिम व्यवस्थापनको लापरबाहीका कारण टिम रिपोर्ट बिना एअरपोर्ट पुगेको थियो। उडान अनुमति नपाएपछि अब टोलि सडक मार्ग हुँदै बिहिबार राति नेपालतर्फ प्रस्थान गर्ने क्यान श्रोतले बताएको छ।

क्यानले प्रेस बिज्ञप्ति जारि गर्दै टिम व्यवस्थापनलाई यस बारे स्पष्टीकरण सोध्ने बताएको छ जसलाई छिट्टै सार्वजनिक गरिनेछ।

बंगलादेश भ्रमणमा नेपाली महिला टिमले बंगलादेश कृरा शिक्षा प्रतिष्ठान टिम बिरुद्ध खेलिएको तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज २-१ ले आफ्नो पक्षमा पार्न सफल भयो।

नेपाली महिला क्रिकेट टिम नोभेम्बर १४ तारिखमा कतारसंग तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्न त्यसतर्फ प्रस्थान गर्ने तालिका रहेको छ। कतारमा नेपालले नोभेम्बर १६.१७ र १८ तारिखमा तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ। नेपाली महिला राष्ट्रिय टिमले खेल्ने उक्त सिरिज पहिलो अन्तर्राष्ट्रिय सिरिज हुनेछ। उक्त सिरिज पछि कतारबाटै टिम टि-२० विश्वकप एसिया छनोट प्रतियोगिता खेल्न युएई प्रस्थान गर्नेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

प्रतियोगिताको खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ। यस्तै दोश्रो खेल सोहि मैदानमा नोभेम्बर २३ तारिखमा भुटानसंग, तेश्रो खेल नोभेम्बर २५ तारिखमा कुवेतसंग आईसीसी एकेडेमी मैदान ( १ ) मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ।

नेपाली टिम : रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , प्रशिक्षक : जगत टमाटा





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]