चर्चित सो सुटिंगको लागि पुर्व स्टार क्रिकेटर फ्लिनटफ नेपालमा

स्टार इंगलिस पुर्व क्रिकेटर एन्ड्रु फ्लिनटफ नेपाल आएका छन्।

आइतबार दिउसो नेपाल आइपुगेका फ्लिनटफ सोमबार दिउसो हनुमानढोका परिसरमा देखिएका थिए। अचानक फ्लिनटफ हनुमानढोकामा देखिएपछि उनका नेपाली समर्थकहरुले फोटो खिच्दै सामाजिक संजालमा राखेका थिए।

नेपाली फ्यानहरुले फ्लिनटफसंग हनुमानढोका परिसरमा खिचेको तस्बिर सामाजिक संजालमा छाएपछि उनि किन नेपाल आएको जिज्ञाशा उत्पन्न भएको छ।


विश्व क्रिकेटका उत्कृस्ट अल-राउण्डरको रुपमा परिचित फ्लिनटफ हाल इंगलिस टेलिभिजन प्रस्तोताको रुपमा समेत परिचित छन्। टिभीको दुनियामा उनि फ्रेडी फ्लिनटफ नामले चिनिने गर्छन। इंग्ल्याण्ड क्रिकेट टिमको पुर्व कप्तान समेत रहेका उनि २००५ को एसेजमा गरेको प्रदर्शनको लागि हालसम्म सम्झीने खेलाडीमा पर्छन्। इंग्ल्याण्डले उक्त वर्ष एसेज जित्दा फ्लिनटफ उत्कृस्ट खेलाडी चुनिएका थिए। २०१० मा क्रिकेटबाट सन्यास लिएका उनले २०१४/१५ को सिजन बिग ब्यास लिग खेलेका थिए। २०१० पछि उनले बक्सरको करियर पनि सुरु गरेका थिए। खेल जीवनको समाप्ति पछि उनि बिभिन्न टिभी कार्यक्रमहरुमा देखिदै आएका छन्।

फ्लिनटफ किन आइपुगे नेपाल ? 

हनुमानढोका परिसरमा सोमबार देखिएका फ्लिनटफ टेलिभिजन कार्यक्रमको दौरान नेपाल आएका हुन्। हनुमानढोकामा समेत आज उनि सुटिंग गरिरहेका थिए भने उनिसंग ठुलो टिमनै रहेको थियो।

विकेटनेपाललाई जानकारी भए अनुसार फ्लिनटफ इंग्ल्याण्डको चर्चित टिभी कार्यक्रम ‘टप गियर’ कार्यक्रमको लागि नेपाल आएका हुन्। ‘बिसीसी टु’ ले बनाउने कार्यक्रमको लागि उनि काठमाडौँ हुँदै मुस्ताङ समेत १ साता देखि १० दिन सम्म बस्ने अपुस्ट जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

‘टप गियर’ सो इंग्ल्याण्डको सबैभन्दा चर्चित मध्येको टिभी कार्यक्रम हो। २००२ देखि सुरु भएको यो कार्यक्रममा बिभिन्न किसिमका कार तथा गाडीहरु सम्बन्धित रहेर बिभिन्न प्रतिस्पर्धात्मक चुनौतीहरु, विशेष रेस, स्टन्ट जस्ता गतिविधिहरु मनोरन्जनात्मक तरिकाले प्रस्तुत गरिन्छ। कार्यक्रमको सुटिंग विश्वका बिभिन्न ठाउँहरुमा गरिन्छ। यस क्रममा कारको क्षमताको टेस्ट समेत गर्ने गरिन्छ भने यसैसंग सम्बन्धित रहेर बिभिन्न सेलेब्रेटीसंग अन्तर्वार्ता समेत लिईने गरिन्छ।

सो को क्रममा केहि दिन अघि फ्लिनटफ दुर्घटनामा परेको समेत समाचार आएको थियो। दुर्घटनाका बाबजुद फ्लिनटफलाई खास असर नगरेको बताईएको थियो।

‘टप गियर’ कार्यक्रममा यही वर्षबट फ्लिनटफ जोडिएका हुन्। यो टप गियरको २७ औं सिरिज हो। हाल यो कार्यक्रममा फ्लिनटफसंगै चर्चित इन्ग्लिश कमेडीएन प्याडी म्याकगिनिज पनि जोडिएका छन्। पुर्व रेसिंग ड्राइभर क्रिस ह्यारिस पहिले देखि सोमा छन्।

हनुमानढोका परिसरमा फ्लिनटफ नेपाली गाडी मुस्तांग म्याक्समा चढेको देखिएका थिए। सोहि गाडीमा उनीहरुले काठमाडौँ बाट मुस्तांगको यात्रा गर्न सक्ने अनुमान गर्न सकिन्छ। सोहि यात्राको क्रममा बिभिन्न मनोरन्जनात्मक तथा प्रतिस्पर्धात्मक गतिबिधिहरु उनीहरुले प्रस्तुत गर्नेछन्।

नेपाल आएका चर्चित क्रिकेटरहरु 

फ्लिनटफ नेपाल आएका ठुला क्रिकेटरहरुमा पर्नेगर्छन्। हालसम्म नेपालमा कपिल देव, सुनिल गाभस्कर, गोर्डन ग्रिनिज, इमरान खान, महेन्द्रसिंह धोनी, भीभीएस लक्ष्मण, अजय जडेजा नेपाल आइपुगेका छन्। गावस्कर २००५ मा नेपाल आएका थिए भने  कपिल देव १९९९ मा नेपालमा आयोजित मास्टर लेजेंड्स कपमा खेल्न नेपाल आएका थिए। मास्टर लेजेंड्स कपमा कपिल देब बाहेक दिलिप भेंगसरकार, बिनोद काम्ब्ली, टोनी ग्रेग, मदन लाल, क्रिस श्रीकान्त, रोजर बिन्नी, चेतन शर्मा, ड्यानी मोरीसन, अब्दुल कादिर जस्ता खेलाडीहरु आएका थिए। हाल पाकिस्तानका प्रधानमन्त्री इमरान खान ८० को दशकको अन्त्य तिर नेपाल आएका थिए।  त्यसबाहक धोनी २०१२ मा बिशेष भ्रमणमा, लक्ष्मण २०१३ मा जर्नी टु वर्ल्ड कप प्रतियोगिताको दौरान तथा जडेजा २०१६ इपिएलको दौरान आएका थिए। पुर्व वेस्ट इन्डिज क्रिकेटर गोर्डन ग्रिनिज १९९८ को एसीसी ट्रफीमा नेपालको प्रशिक्षकको रुपमा छोटो समयको लागि नेपाल आएका थिए।

फ्लिनटफसंग नेपाली समर्थकहरुले हनुमानढोका परिसरमा लिएका बिभिन्न तस्बिर 

 

 





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]