महिला क्रिकेट टोली पहिलो पटक फ्लड लाइटमा खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो पटक फ्लड लाइटमा क्रिकेट खेल्ने भएको छ ।

एसियाली क्रिकेट परिषदजारी रहेको महिला एसिया कपअन्तर्गत पाकिस्तानविरुद्धको खेल नेपालले फ्लड लाइटमा पहिलो पटक खेल्ने भएको हो ।

श्रीलंकामा जारी एसिया कपमा पाकिस्तानविरुद्धको खेल नेपाली टोलीले फ्लड लाइटमा खेल्ने पहिलो खेल हुनेभएको छ ।

नेपाल र पाकिस्तानबीचको खेल २१ जुलाई अर्थात साउन ६ गते आईतबार श्रीलंकाको डम्बुलामा नेपाली समय अनुसार साँझ सवा सातमा हुनेछ ।

सन् २००७ मा मलेसियामा भएको एसीसी वमेन्स टुर्नामेन्टमा सहभागीता जनाउदै अन्तर्राष्ट्रिय क्रिकेट यात्राको सुरुआत गरेको नेपाली टोलीले पहिलो पटक रात्रीकालीन अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव लिदैछ ।

नवौं संस्करणको एसीसी महिला एसिया कपमा नेपाल सहित आठ राष्ट्रको सहभागीता रहेको छ । सहभागी आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा नेपाल डिफेन्डिङ च्याम्पियन भारतसँगै समूह ए मा रहेको छ । समूह ए मा नेपाल र भारतका अलावा पाकिस्तान र युएई छन् । प्रतियोगितामा नेपालको पहिलो खेल १९ जुलाईमा युएईविरुद्ध रहेको छ ।

उता, समूह बी मा बंगलादेश, मलेसिया, श्रीलंका र थाइल्यान्ड छन् ।

तेस्रो पटक सहभागी पटक प्रतियोगितामा सहभागीता जनाईरहेको छ । यस अघि नेपालले २०१२ र २०१६ को एसिया कपमा सहभागीता जनाईसकेको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले शुक्रबार युएईलाई ६ विकेटले पराजित गरेको थियो ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]