श्रीलंकाका पूर्व कप्तान आइसीसीको कारबाहीमा

  • विकेटनेपाल, फाल्गुन १४ – मंगलबार

श्रीलंकाका पुर्व कप्तान सनथ जयासूर्या अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को कारबाहीमा परेका छन्। उनलाई क्रिकेटसंग सम्बन्धित सबैखाले गतिबिधिबाट २ बर्षको लागि प्रतिबन्ध गरिएको हो।

श्रीलंकाको राष्ट्रिय टिमका पुर्व छनौटकर्ता समेत रहेका उनलाई आइसीसीले एन्टी करप्सन कोड (भ्रस्टाचार गरेबापत गरिने कारबाही) उल्लघंन गरेबापत कारबाही गरेको हो। उनलाई आइसीसीको भ्रस्टाचार बिरुद्दको नियम आर्टिकल २.४.६ अन्तर्गतको आइसीसीलाई उसको अनुसन्धानमा सहयोग नगरेको तथा आर्टिकल २.४.७ अन्तर्गतको अनुसन्धानमा समस्या थपेको वा प्रमाणहरु मेटाएको/मेटाउने कोसिस गरेको कारण कारबाही गरेको आइसीसीको प्रेस वक्तव्यमा उल्लेख छ।

यसप्रतिबन्ध पछी जयसूर्याले सन् २०२१ सम्म क्रिकेटका कुनैपनि गतिबिधिमा सहभागी हुन पाउने छैनन्।

श्रीलंकामा यसअघि विभिन्न समयमा आयोजना गरिएका खेलहरुमा भ्रस्टाचार तथा म्याच फिक्सिंग गरिएको भन्दै एक टेलिभिजन च्यानल अलजजिराले भिडियो रिपोर्ट सार्बजनिक गरेको थियो। जयसूर्यामाथि लगाइएको प्रतिबन्ध त्यहि भिडियो रिपोर्टको आधारमा आइसीसीको एन्टी करप्सन युनिटले गरेको अनुसन्धानको एक भाग हो।

सन् १९८९ देखि सन् २०११ सम्म श्रीलंकाको राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका जयसूर्याले ११० टेस्ट, ४४५ एकदिवसीय र ३१ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले क्रिकेटबाट सन्यास लिएपछि राजनीतिमा समेत होमिएका थिए भने श्रीलंकाको टिमका मुख्य छनौटकर्ता समेत बनेका थिए।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]