पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

काठमाडौं, असार १२– काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ ।

आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा पे्रmन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता निर्देशक ज्योति भण्डारीले जानकारी दिए ।

कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिस्पर्धा हुनेछ । बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोर्ट्स पार्क उक्त लिग हुनेछ । सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोलीले सेमिफाइनलमा पुग्नेछन् । विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि पुरस्कार व्यवस्था गरिएको छ । यद्यपि, यसबारे आयोजकले केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए ।

एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन् । राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ । क्याटगोरीको ‘ए’ खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १०–१५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीले ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ ।

हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ । लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ । टिम खरिद गर्न न्युनतम एक लाख ५० हजारसम्म तोकिएको निर्देशक भण्डारीले बताए । प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले यो लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्यसहित यो फरम्याटको प्रतिस्पर्धा सुरु गरिएको बताए ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]