कोलकातालाई २ पटक आईपीएल उपाधि जिताएका कप्तान गौतम गम्भीरले रोयल च्यालेन्जर्स बैंगलोरले नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन्।
गम्भीरका अनुसार बैंगलोरको आईपीएलमा असफलताको जिम्मेवारी लिनुपर्छ। २०१३ मा कोहलीले कप्तानी सम्हालेपछि ३ पटक मात्र प्ले-अफमा स्थान बनाउन सकेको छ। आईपीएल २०२० मा बैंगलोरको यात्रा इलिमीनेटरमा डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादसंग ६ विकेटले पराजित हुँदै समाप्त भयो।
गम्भीरलाई ईएसपीएन क्रिक्इन्फोको शो टि-२० टाईमआउटमा बैंगलोरले कप्तान परिवर्तन गर्नुपर्ला भन्ने प्रश्न गरिएको थियो। प्रश्नको जवाफ दिने क्रममा गम्भीरले बताए –
“१००%, किन भने समस्या उत्तरदायित्वको हो। ८ वर्ष ट्रफी बिना लामो समय हो। मलाई भन्नुस अरु कप्तान, ल कप्तान बिर्सनुस, अन्य खेलाडी भन्नुस जो ८ वर्ष देखि उपाधिविहिन छ तै पनि उसलाई निरन्तरता दिईएको छ। त्यसैले उत्तरदायित्वको कुरा हो, एउटा कप्तानले उत्तरदायित्व लिनुपर्छ।”
“यो एक वर्षको कुरा हैन, त्यति मात्रैको कुरा हैन। मलाई बिराटसंग लिनुदिनु केहि छैन तर कताकता मलाई लाग्छ उनले आत्मसमर्पण गरेर बताउनुपर्छ ‘हो, म जिम्मेवार र उत्तरदायी छु।”

“८ वर्ष लामो हुन्छ, लामो समय हो। हेर्नुस रभीचन्द्रन आश्विनसंग के भयो। २ वर्ष कप्तान ( पन्जाब ) बने जसमा उनले प्रदर्शन गर्न सकेनन् त्यसपछि उनलाई निकालियो। महेन्द्र सिंह धोनीको कुरा गर्छौ, रोहित शर्माको कुरा गर्छौ तर बिराट कोहलीको कदापी गरिन्न।”
“धोनीले ३ पटक जिताएका छन्, रोहितले ४ पटक र त्यसैले उनीहरु लामो समय देखि कप्तान छन् किनकि उनीहरुले गरेर देखाएका छन्। म निश्चित भएर भन्न सक्छु रोहित शर्माले ८ वर्षसम्म सफलता नदिएको भए उनलाई हटाइएको हुन्थ्यो। फरक मानिसको लागि फरक मापदण्ड हुनुहुँदैन।”
“समस्या र जवाफदेहीता माथिबाट सुरु हुन्छ, एउटा लिडरबाट सुरु हुन्छ, न ब्यबस्थापन देखि, नत सपोर्ट स्टाफ देखि। तपाई लिडर हो, तपाई कप्तान हो। तपाईले तारिफ स्वीकार गर्नुहुन्छ भने आलोचनालाई पनि स्वीकार गर्नुपर्छ।”
“हो अझै भन्न सक्नुहुन्छ कि ‘हामि प्ले पुगेका थियौं र प्लेअफ पुग्न लायक थियौं’ , अहँ कदापी सक्नुहुन्न। बैंगलोर प्लेअफ छनौट हुन लायक थिएन। तपाई अन्तिम ४-५ खेल हेर्नुहुन्छ अथवा मुम्बईसंगको सुपर ओभर हेर्नुस, उनीहरु भाग्यमानी थिएकि नभदिप सैनीले त्यो ओभर गजबको गरे। ब्याटिंग र बलिंग दुवै हेर्दा सिजन उत्कृस्ट थिएन।”
“य होइन कि कोहली अनुभवी छैनन् तर ८ वर्ष लामो समय हो। उनि भारतको कप्तान हुन्, उनि खेल्ने सबै टिमको कप्तानी गर्छन् तर तपाईले नतिजा दिनुपर्छ, प्रदर्शन देखाउनुपर्छ, खेलकुद भनेकै गरेर देखाउने ठाउँ हो।”
पूर्व कप्तानले कोहलीले हैदरावाद बिरुद्ध ओपनिंग गर्नु पनि गलत समयमा लिएको निर्णय बताए –
“बिराट कोहलीले ब्याटिंग ओपनिंग गर्ने बारे धेरै चर्चा भयो। यदी तपाई ब्याटिंग ओपनिंग गर्न चाहनुहुन्छ भने प्रतियोगिताको सुरुवातमै गर्नुपर्थ्यो।”
“र त्यसको लागि टिमको पनि छनौट त्यही किसिमले गर्नुपर्थ्यो। बिराटले ओपनिंग गर्ने भए उनीहरुले अक्सनले मिडल अर्डर ब्याट्सम्यान चयन गर्नुपर्थ्यो। तर फेरी पनि बिराट र एबिमै सबै निहित थियो।”
गम्भीरले सपोर्ट स्टाफहरु परिवर्तन भएता पनि कप्तान उही भएको बताउदै प्रशिक्षक सिमोन काटीच र माइक हेसनले इमान्दार भएर जवाफ दिए भने कप्तान हटाउनु पर्छ भन्ने प्रश्नमा “उनीहरु हटाउनु पर्छ भन्ने पहिलो व्यक्ति हुनेछन्।”
https://wicketnepal.com/david-warnar-about-kane-wiliamson-wn20/
https://wicketnepal.com/warner-out-decisions-com-birodh-wn20/
https://wicketnepal.com/kohli-after-loss-vs-srh-elim-wn20/
https://wicketnepal.com/rashtriy-teamle-prashishn-suru-garne-wn20/
