U19 National : कर्णाली बिरुद्ध गण्डकीको संघर्षपूर्ण जित

कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा तेश्रो खेल खेल्दा पहिलो जित दर्ता गरेको छ। गण्डकी पहिलो खेलमा लुम्बिनीसंग ९ विकेटले तथा दोश्रो खेलमा बागमतीसंग ७५ रनले पराजित भएको थियो। पहिलो खेलमा लुम्बिनीलाई १४० रनले पराजित गरेको कर्णालीले दोश्रो खेलमा प्रदेश-१ सन् ७६ रनको हार बेहोरेको थियो।

टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशले दिएको ११४ रनको लक्ष्य पछ्याएको गण्डकीले ७ विकेट गुमाएर २६.५ ओभरमा भेटायो। गण्डकीको ब्याटिंगमा दिपक डुम्रेले सर्वाधिक ३४ रन, उत्सभ श्रेष्ठले २६ रन, अर्जुन कुमालले १४ रन तथा सुजन गौतमले १३ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा गण्डकीले एक समय ५५ रन बनाउदा एक मात्र विकेट गुमाएको थियो। तर १३ औं ओभरमा अर्जुन कुमाललाई सन्दिप शाहीले बोल्ड गरेपछि गण्डकीले लगातार विकेट गुमाउ पुग्यो। एक किनार सम्हालेका दिपक डुम्रे १९ औं ओभरमा आउट भए। २२ औं ओभरमा निश्चल रावलले आक्रामक ब्याटिंग गरिरहेका उत्सभ श्रेष्ठ र कमल परियारलाई पेभेलियन फर्काए। फलस्वरुप ९२ रनमा गण्डकीले ६ विकेट गुमायो। त्यसपछि सुबास भण्डारी र सुजन गौतमले टिमलाई जित नजिक पुर्याए। २० रनको साझेदारी गरेपछि जित्न २ रन आवस्यक हुँदा सुजन आउट भए। त्यसपछि किरन पौडेलले अविजित ४ तथा सुबासले अविजित ६ रन बनाउदै जितसम्म पुर्याए।

कर्णालीको बलिंगमा सन्दिप शाही ( ४-२-१६-२ ) र निश्चल रावलले ( ४-१-२४-२ ) समान दुई विकेट तथा अनुज चनारा ( ७-०-३०-१ ) , रुपक दाहाल ( ३-२-१-१ ) र दिनेश पुनले ( २-०-९-१ ) समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंगको निम्तो पाएको कर्णालीले २८ ओभरमा सम्पूर्ण विकेट गुमाएर ११३ रन बनाएको थियो। कर्णालीको ब्याटिंगमा प्रकाश जैशीले सर्वाधिक २६ रन, अनुज चनाराले २२, रुपक दाहालले २० तथा सुवास ऐयरले १७ रन बनाए ।

अत्यन्तै खराब सुरुवात गरेको कर्णालीले ३५ रनको योगफलमै ५ विकेट गुमाएको थियो । त्यसपछि राज शाह र प्रकाश जैशीले छैटौं विकेटको लागि २७ रनको साझेदारी गरे। कमल परियारले जैशीलाई आउट गर्दै साझेदारी तोडे । त्यसपछि अन्तिममा रुपक दाहाल र अनुज चनाराले केहि आक्रामक सट खेल्दै योगफल सय पार गराए।

गण्डकीको बलिंगतर्फ देब्रे हाते स्पिनर कमल परियारले ६ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै किरण पौडेलले ३ विकेट ( ७-०-२१-३ ) तथा सुदिप अर्याल र सुबास भण्डारीले समान १ विकेट लिए ।





थप समाचार

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]