गण्डकीलाई ४० रनले हराउँदै बागमती सेमिफाइनलमा

गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती प्रदेश जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। यस अघि नै नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी क्लब सेमीफाइनल पुगेका छन्। बागमतीले यसअघि लुम्बिनीलाई ४९ रनले तथा प्रदेश २ लाई ५ विकेटले पराजित गरेको थियो भने नेपाल एपीएफ क्लबसँग ७ विकेटले पराजित भएको थियो । यस्तै, प्रतियोगितामा हालसम्म जितविहिन गण्डकी प्रदेश भने लगातार ३ हारसहित सेमिफाइनलको दौडबाट बाहिरिएको छ। गण्डकीले प्रदेश-२ सँग २ विकेटको तथा नेपाल एपीएफ क्लबसँग २ रनको हार बेहोरेको थियो।

खेलमा १४४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो । गण्डकीको ब्याटिंगतर्फ कमल परियारले सर्वाधिक ११ रन बनाए । यस्तै, बिधान श्रेष्ठ, दिपक डुम्रे, सन्दिप छेत्री र गोबिन्द बिकले समान १० रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउँन सकेनन्।

बागमतीको बलिंगतर्फ नन्दन यादव ( ३-०-११-२ ),बिपिन आचार्य ( ४-०-१९-२ ) र सुबाश खत्रीले ( २-०-१८-२ ) समान २ विकेट लिए । यस्तै, रिजन ढकाल, प्रतिष जिसी र रामनरेश गिरिले समान १ विकेट हात पारे ।

यसअघि खेलमा टस जितेर ब्याटिंग रोजेको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो । उसका लागि बिपिन आचार्यले १९ बलमा ३ चौकाको मद्धतमा सर्वाधिक ३० रन तथा प्रतिष जिसीले ८ बलमा २७ रन बनाए जुनक्रममा २ चौका र ३ छक्का प्रहार गरे । यस्तै, विकेटकिपर ब्याट्सम्यान सुबास खकुरेलले २७, लक्की कठायतले १७ तथा नन्दन यादवले १४ रनको योगदान दिए ।

ओपनरद्वय इशान पाण्डे र सुबाद खकुरेलले पहिलो विकेटको लागि २५ रनको साझेदारी गरे । पाण्डेलाई चौथौं ओभरमा कृष्ण पौडेलले आउट पारे । कप्तान ज्ञानेन्द्र मल्ल पनि ४ रन बनाएर क्याच आउट भए । त्यसपछि खकुरेल र कठायतले तेस्रो विकेटको लागि २० रनको साझेदारी गर्दै बागमतीको इनिंग्स अघि बढाए । खकुरेल ११ औं ओभरमा कमल परियारबाट तथा कठायत लगत्तै १२ औं ओभरमा रन आउट हुन पुगेपछि बागमती ६९/४ को दबाबपूर्ण अवस्थामा पुगेको थियो । अन्तिममा प्रतिष र बिपिनले आक्रामक ब्याटिंग गर्दै बागमतीको योगफल १४० रन पार गराए । प्रतिषले कृष्ण पौडेलको १९ औं ओभरमा २ छक्का र १ चौका हिर्काएका थिए ।

गण्डकीको बलिंगतर्फ बिशाल पौडेल ( ४-०-१८-२ ) र कृष्ण पौडेलले ( ३-०-२६-२ ) समान २ विकेट लिए । यस्तै, अशोक श्रेष्ठ, सुबाश भण्डारी र कमल परियारले समान १ विकेट लिए ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]