यू–१९ महिला राष्ट्रिय क्रिकेट : गण्डकी र बागमती विजयी

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार गण्डकी र बागमती प्रदेश विजयी भएका छन् । पहिलो खेलमा गण्डकीले प्रदेश नम्बर एक लाई १५ रनले हरायो ।

टस जितेर ब्याटिङ थालेको उसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ४९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । तर ५० रनको लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको प्रदेश नम्बर एक ३४ रनमै अलआउट हुनपुग्यो ।

उसका अञ्जली शाहले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहरो अंक छुन सकेनन् । बलिङतर्फ गण्डकीकी कुसुम गोदर र ज्योत्सनिका मरासिनीले ३/३ तथा मनीषाउपाध्याय र निरु घर्तीले २/२ विकेट लिए।

यसअघि गण्डकीको ब्याटिङ पनि राम्रो रहन सकेन । उसका पनि कुनै ब्याटरले दोहरो अंक छुन सकेनन् । बलिङतर्फ प्रदेश एककी ज्योति जनवारले तीन विकेट लिईन् ।

अर्को खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई १८ रनले हरायो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बागमतीले २० ओभरमा चार विकेट गुमाएर १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।जवाफी ब्याटिङ थालेको लुम्बिनी १६.४ ओभरमै ८३ रन बनाएर अलआउट हुनपुग्यो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेताले पाँचलाख र दोस्रो हुनेले तीन लाख रुपियाँ पुरस्कार पाउनेछन् ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]