गण्डकीद्वारा कर्णालीलाई २०५ रनको लक्ष्य

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानी मैदानमा जारि समुह ‘ए’ अन्तर्गतको खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको गण्डकीले ४२.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २०४ रन बनाउदै कर्णालीलाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

गण्डकीको लागि  राहुल उपाध्यायले सर्वाधिक ५३ रन बनाए जसले ६४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै ओपनर अर्जुन कुमालले ४६ रन, कप्तान बिपिन खत्रीले ३२ रन तथा दिनेश बुढामगरले १० रन बनाए।

राहुल उपाध्याय

पहिलो ३ विकेट २७ रनको स्कोरमा गुमाएपछि ओपनर अर्जुन कुमालले चौथो विकेटको लागि राहुल उपाध्यायसंग ८९ रनको साझेदारी गरेका थिए। राहुलको विकेटपछि अर्जुनले छैठौं विकेटको लागि कप्तान बिपिन खत्रीसंग ४४ रनको साझेदारी गरे। अर्जुनको विकेट पछि भने गण्डकीले लगातार विकेट गुमाउन पुग्यो।

कर्णाली प्रदेशको बलिंगमा दिनेश अधिकारीले सर्वाधिक ३ विकेट तथा अनुज चुनारा र दिवान पुनले समान २ विकेट लिए। कप्तान रबिन्द्र जंग शाहीले १ विकेट लिए।

स्कोरकार्ड

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy