बागमतीको जितमा उत्तमको उत्कृस्ट ब्याटिंग, शतक बनाउन चुके अर्जुन कुमाल

काठमाण्डौमा आज सुरु भएको अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ७४ रनले पराजित गरेको छ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा बागमतीले दिएको २९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा २१९ रन मात्र बनायो।

गण्डकीका ओपनर अर्जुन कुमालले ९८ रन बनाएता पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन्। पहिलो शतक बनाउन २ रनले चुकेका कुमालले ११९ बलमा ९ चौका र १ छक्का प्रहार गरे। सिब्रिन श्रेष्ठले २१ रन बनाए भने गोविन्द बिक, करणपंगेनी र सुबास भण्डारीले समान १३ रन बनाए।

बागमती प्रदेशका बलर अशोक पौडेलले ३ विकेट लिए भने सक्रिय कार्की, ओमकार यादव र प्रतिक श्रेष्ठले २/२ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको बागमतीले ४८.१ ओभरमा सबै विकेट गुमाएर २९३ रन बनायो।

बागमतीको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका उत्तम मगरले सर्वाधिक ८७ रन बनाए जुन क्रमम ७० बलमा १० चौका र ३ छक्का परार गरे। यस्तै योगेस भाटले ४२ बलमा ५ चौका र ३ छक्का मद्दतले ५२ रन बनाए। यस्तै ओमकार यादवले ३७ अबिशेक कोइरालाले ३२  तथा अथर्व पौडेलले २१ रन बनाए।

गण्डकीका बलर निर्तेश गिरि र सुदिप अर्यालले ३/३ विकेट लिए भने सुबास भण्डारी, अर्जुन कुमाल र सिब्रिन श्रेष्ठले १/१ विकेट लिए।

सात प्रदेशको यु-१९ टिम सहभागी प्रतियोगिता मङ्सिर ७ देखि १९ गते सम्म आयोजना हुनेछ।

प्रतियोगितामा सिंगल राउण्ड रोबिन फर्म्याटमा हुनेछ। सात वटै टिमले एक अर्का विरुद्ध १/१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम फाइनल खेल्नेछन्।फाइनल सहित प्रतियोगितामा कुल २२ खेल हुनेछन्।

प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि लुम्बिनी प्रदेशले जितेको थियो जुन क्रममा उसले सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गरेको थियो।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]