बागमतीको जितमा उत्तमको उत्कृस्ट ब्याटिंग, शतक बनाउन चुके अर्जुन कुमाल

२०७९ मंसिर ७, बुधबार २३:१९

काठमाण्डौमा आज सुरु भएको अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ७४ रनले पराजित गरेको छ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा बागमतीले दिएको २९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा २१९ रन मात्र बनायो।

गण्डकीका ओपनर अर्जुन कुमालले ९८ रन बनाएता पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन्। पहिलो शतक बनाउन २ रनले चुकेका कुमालले ११९ बलमा ९ चौका र १ छक्का प्रहार गरे। सिब्रिन श्रेष्ठले २१ रन बनाए भने गोविन्द बिक, करणपंगेनी र सुबास भण्डारीले समान १३ रन बनाए।

बागमती प्रदेशका बलर अशोक पौडेलले ३ विकेट लिए भने सक्रिय कार्की, ओमकार यादव र प्रतिक श्रेष्ठले २/२ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको बागमतीले ४८.१ ओभरमा सबै विकेट गुमाएर २९३ रन बनायो।

बागमतीको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका उत्तम मगरले सर्वाधिक ८७ रन बनाए जुन क्रमम ७० बलमा १० चौका र ३ छक्का परार गरे। यस्तै योगेस भाटले ४२ बलमा ५ चौका र ३ छक्का मद्दतले ५२ रन बनाए। यस्तै ओमकार यादवले ३७ अबिशेक कोइरालाले ३२  तथा अथर्व पौडेलले २१ रन बनाए।

गण्डकीका बलर निर्तेश गिरि र सुदिप अर्यालले ३/३ विकेट लिए भने सुबास भण्डारी, अर्जुन कुमाल र सिब्रिन श्रेष्ठले १/१ विकेट लिए।

सात प्रदेशको यु-१९ टिम सहभागी प्रतियोगिता मङ्सिर ७ देखि १९ गते सम्म आयोजना हुनेछ।

प्रतियोगितामा सिंगल राउण्ड रोबिन फर्म्याटमा हुनेछ। सात वटै टिमले एक अर्का विरुद्ध १/१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई टिम फाइनल खेल्नेछन्।फाइनल सहित प्रतियोगितामा कुल २२ खेल हुनेछन्।

प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि लुम्बिनी प्रदेशले जितेको थियो जुन क्रममा उसले सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गरेको थियो।

https://www.youtube.com/watch?v=bD9jBF_jtGk

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy