“यो पटक आईपीएल सर्वाधिक हेरिनेछ” गांगुली

भारतीय क्रिकेट बोर्डका ( बिसीसीआई ) अध्यक्ष सौरभ गांगुलीले १३ औं सिजनको आईपीएलले दर्शकको संख्यामा नयाँ रेकर्ड बनाउने दावी गरेका छन्। आईपीएल सेप्टेम्बर १९ देखि युएईको दुबई, अबुधाबी र शारजाह गरि तिन वटा शहरमा खेलिनेछ।

“दर्शकहरुले प्रतियोगिता टिभीमा हेर्नेछन् र प्रशारकहरु यो पटक लिग इतिहासकै सर्वाधिक हेरिने विश्वास गरिरहेका छन्। मैदानमा प्रत्यक्ष दर्शकहरु हुनेछैनन्, सबैजना टिभीनै यो पटक प्रतियोगिताको मजा लिनेछन्” एक अनलाइन अन्तर्वार्ताको क्रममा पूर्व भारतीय कप्तान समेत रहेका गांगुलीले बताए। “सबै कुराको सकारात्मक पाटो हुन्छ।” उनले थपे।

गांगुलीले आईपीएलको अन्तिम चरणमा मैदानमा दर्शकहरुलाई प्रवेश दिन सकिने विश्वास व्यक्त गरे – “कोभिड-१९ का कारण कोहि पनि एकअर्काको नजिक जान चाहनेछैनन्। तर छिट्टै मैदानमा ३० प्रतिशत दर्शकहरु सामाजिक दूरी कायम गर्दै हेर्न जानेछन्।”

आईपीएल टिम रोयल च्यालेन्जर्स बैंगलोर युएईमा अभ्यास गर्दै

“दर्शकहरुको मैदान प्रवेश अघि राम्रोसंग जांच हुनेछ। र मलाई लाग्छ केहि समयमा यो काम हुनेछ।” कोभिड-१९ को अवस्था हेरेर त्यसबारे पछि निर्णय लिईनेछ। कोभिड-१९ को भ्याक्सिन आउन सायद अझै ५-६ महिना लाग्नेछ र म ढुक्क छु कि सबैकुरा पुनः सामान्य हुनेछ।”

“यो मात्र एउटा भाइरस र अहिलेनै यो आफै कमजोर हुँदै गैरहेको छ। म आशावादी छौ कि यसबाट छिट्टै पार हुनेछौँ। जीवनमा यस्तो अवरोधहरु आउछन् र हामि यसबाट अघि बढ्नेछौँ।”

“हामीले आईपीएल पनि रोक्न सक्थ्यौ तर मानिसहरुको स्वभाव यही हो त्यसैले हामि अफ्टेरो समयबाट बच्दै आएका छौँ।”

“विश्वमा धेरै युद्धहरु भए त्यसबाट मानिसहरु बाहिर आए र त्यसपछि पनि धेरै अवरोधहरु आए जसबाट मानिसहरु पहिले पनि बाहिर आएका छन्।” गांगुलीले यो परिस्थितिको अन्त्य छिट्टै हुने विश्वास गरे।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/suresh-raina-ipl-csk-n-srini-wn20/

https://wicketnepal.com/babar-kohli-t20-avrg-wn20/

https://wicketnepal.com/stz-cpl-t20-mr-wn20/

https://wicketnepal.com/kohli-1st-net-session-after-5-mnth-wn20/

https://wicketnepal.com/2-chennai-player-corona-wn20/

https://wicketnepal.com/bradman-11-records-unbreakable-wn20/





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]