ईपीएलमा गौरभ तोमरलाई बलिंग गर्न प्रतिबन्ध

  • विकेटनेपाल, मङ्सिर २५ – मंगलबार

मङ्सिर २२ गतेदेखि काठमाण्डौमा सुरु भएको एभरेष्ट प्रिमियर लिग ईपीएल टी-ट्वान्टी अन्तर्गत ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रीएट्स लाई ठुलो झट्का लागेको छ।

ललितपुर प्याट्रीएट्सको लागि ओपनिङ्ग ब्याट्सम्यान तथा अफस्पिन बलिङ्ग गर्ने खेलाडी गौरभ तोमरलाई बलिंग गर्न प्रतिबन्ध लगाईएको छ।इपिएलको ३ वटा खेलमा ४ विकेट तथा किफायती बलिङ्ग गर्दै जितमा महत्वपूर्ण भूमिका खेलेका तोमरले इपिएलको आगामी खेलमा बलिङ्ग गर्न पाउने छैनन्।

ललितपुरले प्रतियोगिता अन्तर्गत खेलेका ३ वटा खेलमानै बलिंग गरेका तोमरको बलिङ्ग गर्ने तरिका शंकास्पद पाईएपछि २ पटक मैदानमा रहेका अम्पायरले रिपोर्ट गरेका थिए। रिपोर्ट पछि खेलको दौरान उनले गरेको बलिङ्ग इपिएलको प्राबिधिक कमिटिले अबैध भएको निष्कर्ष निकालेको हो।

Gaurav Tomar Bowling
Gaurav Tomar Bowling ( Photo – Sakush KC / WicketNepal )

बलिङ्ग याक्सन अबैध पाईएको कारण तोमर तत्काल लागु हुनेगरि प्रतिबन्धमा परेका र उनले प्रतियोगिता अन्तर्गत अब हुने खेलहरुमा बलिंग गर्न नपाउने मंगलबार इपिएल आयोजकले जारि गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सबाट खेल्ने तोमरले टिमको मुख्य बलरको भूमिका निर्वाह गरिरहेका छन्। सोमबार भएको खेलमा पोखरा बिरुद्द ४ ओभर बलिंग गर्दै २६ रन खर्चेका तोमरले आइतबार चितवन टाइगर्ससँग ४ ओभरमा १ मेडन सहित दिपेन्द्र सिंह ऐरी (४१ रन) लाई आउट गरेका थिए। यस्तै शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा पनि बिराटनगर वारियर्स बिरुद्द ३ विकेट लिन ४ ओभरमा मात्र १० रन खर्चिएका छन्। उक्त खेलमा आसिफ शेख, पारस खड्का र सन्नी पटेललाई आउट गरेका थिए।

किन गरियो कारबाही ? 

विकेटनेपाललाई प्राप्त जानकारी अनुसार तोमरलाई चितवन टाइगर्स र पोखरा राइनोज बिरुद्धको खेलको दौरान फिल्ड अम्पायरले रिपोर्ट गरेका थिए। उक्त खेलमा उनले ‘क्विकर बल’ गर्दा हात १५ डिग्री भन्दा बाङ्गो भएको पाईएको थियो।

आईसीसीको नियम अनुसार बलरले बलिङ्ग गर्दा हात १५ डिग्री भन्दा बढी बाङ्गो गर्न पाइदैन। खेलको दौरान यदी अम्पायरले कुनै बलरले १५ डिग्री भन्दा बढी हात बाङ्गो गरेको पाएमा रिपोर्ट गर्न पाउछ।

Gaurav Tomar ( Photo – Lalitpur Patriots Facebook )

भारत उत्तर प्रदेशको लागि सैयद मुस्ताक ट्रफी जस्तो ठुलो प्रतियोगिता खेलीसकेका २८ बर्षका तोमर यस अघि पोखरामा गत महिना सम्पन्न पोखरा प्रिमियर लिगमा पनि ज्ञानेन्द्र मल्लको टिम काठमाडौँ रोयल्सको लागि खेलेका थिए। पिपिएलमा पनि उनले ब्याटिंग र बलिङ्ग दुवैमा प्रभावित बनाएपछि इपिएलमा पनि ज्ञानेन्द्रको टिमले समाबेस गरेको थियो।

जारि लिगमा उनले ब्याटिंगतर्फ पनि टिमलाई ठुलो योगदान दिएका छन्। पहिलो खेलमा मात्र ४ रन बनाएका तोमरले दोश्रो खेलमा ३० रन तथा तेस्रो खेलमा म्यान अफ द म्याच घोषित हुँदै ८२ रन बनाउन ४१ बलमा ४ चौका र ८ छक्का प्रहार गरेका थिए।

ललितपुरले अहिलेसम्म ३ खेल खेल्दै पछिल्ला २ खेलमा जित सहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। अब ललितपुरले आफ्नो चौथो खेलमा बुधबार काठमाडौं किंग्स एघार र आइतबार हुने राउण्ड-रोबिन चरणको आफ्नो अन्तिम खेलमा भैरहवा ग्लाडिएटर्सको सामना गर्नेछ।

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy