तोमरले विस्फोटक ब्याटिंग गर्दा सहज जितको साथ ललितपुर शिर्षमा

Gaurav Tomar
  • विकेटनेपाल, मङ्सिर-२६ , बुधबार 

भारतीय खेलाडी गौरभ तोमरले विस्फोटक ब्याटिंग गरे पछि काठमाडौँ किंग्स ११ लाई १० विकेटले सहजै पराजित गर्दै एभरेस्ट प्रिमियर लिग अंक तालिकामा ललितपुर प्याट्रीएट्स शिर्ष स्थानमा उक्लेको छ।

जित पछि ललितपुर प्याट्रीएट्स पुनः अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ। ४ खेलमा ३ जित र १ हार बेहोरेको ललितपुरको ६ अंक भएको छ भने ३ खेलमा ३ जित भए पनि नेट रनरेटमा भैरहवा पछि  पर्दै दोश्रो स्थानमा रहेको छ। २ खेल मध्ये १ मा जित र १ मा हार बेहोरेको काठमाडौँ अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ।

टस जितेर ब्याटिंग गर्दै काठमाडौँले १०९ रन मात्रै बनाए पछि ११० रनको लक्ष्य ललितपुरले १०.३ ओभरमै पुरा गरेको हो।

Gaurav Tomar
Gaurav Tomar

ललितपुरको जितमा गौरभ तोमर र जयकिशन कोल्सावालाले शतकीय साझेदारी गर्ने क्रममा ११५ रन बनाएका थिए। गौरभ तोमरले मात्र ३५ बलमा ५ छक्का र ९ चौका प्रहार गर्दै अविजित ८० रन बनाए भने कोल्सावालाले २७ रन बनाउन २८ बलमा ४ चौका प्रहार गरे।

तोमर र कोल्सावालाले यस अघि पनि पोखरा राइनोज बिरुद्ध जित हाँसिल गर्ने क्रममा शतकीय साझेदारी गरेका थिए। त्यस क्रममा दुवैले १२९ रन जोडेपछि पोखराले दिएको १६७ रनको लक्ष्य सहजै पछ्याएको थियो।

तोमरको विस्फोटक ब्याटिंग 

जयकिशन कोल्सावालासंग ओपनिङ्ग गर्न आएका गौरभ तोमारले विस्फोटक ब्याटिंगको सुरुवात गर्ने क्रममा तेश्रो ओभरमा जितेन्द्र मुखियालाई २ चौका प्रहार गरे। लगत्तै ओभरमा लेग स्पिनर प्रदिप साहुलाई ३ चौका हिर्काएका दायाँ हाते ब्याट्सम्यानले छैठौं ओभरमा चन्द्र कान्त पौडेललाई ४ चौका र १ छक्का प्रहार गर्दै सातो लिएका थिए। सोमपाल कामि नखेलेको खेलमा मौका पाएको चन्द्र कान्तले

मात्र २५ बलमा शतक प्रहार गर्ने क्रममा उनले ९ चौका र १ छक्का प्रहार गरिसकेका थिए।

तोमर त्यतिमै रोकिएनन् । इनिंगको नवौं ओभरमा संसाद शेखलाई उनले लगातार २ छक्का प्रहार गरे भने त्यसपछि ११ औं ओभरमा चन्द कान्त पौडेललाई पनि लगातार २ छक्का प्रहार गर्दै बिजयी रन प्रहार

Gaurav Tomar Half Century
Gaurav Tomar Half Century

गरे। अविजित ८० रन बनाउन ३५ बलमा तोमरले ५ छक्का र ९ चौका प्रहार गरे। तोमरनै खेलको प्लेयर अफ द म्याच चुनिए।

लिगमा यस अघि पनि तोमरले पोखरा राइनोज बिरुद्ध ८२ रनको इनिंग खेलेका थिए जुन क्रममा ८ छक्का र ४ चौका प्रहार गर्न मात्र ४१ बल लगाएका थिए।

पवन सर्राफको उत्कृस्ट बलिङ्ग 

अफ स्पिनर पवन सर्राफले उत्कृस्ट बलिङ्ग गरे पछि इपिएल अन्तर्गत जारि खेलमा टस जितेर पहिले ब्याटिंग गरेको सोमपाल कामि कप्तानीको काठमाडौँ किंग्स ११ ले १९.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्रै बनाउन सकेको थियो।

टस जितेर ब्याटिंग गर्ने क्रममा काठमाडौँले निकै खराब सुरुवात गरेको थियो। ओपनर सागर पुन ( ० )  पहिलो ओभरमै राशिद खानको बलमा क्याच आउट भए भने त्यस लगत्तैको ओभमा तेश्रो नम्बरमा आएका नरेश बुढायर ( ० ) रन आउट हुन पुगे। अर्का ओपनर अमित श्रेष्ठ पनि सन्नी पटेलको बलमा चौथो ओभरमा ६ रन बनाएर एलबिडब्लु आउट भए।

त्यसपछि चौथो विकेटको लागि आयरल्याण्ड राष्ट्रिय क्रिकेटर समेत रहेका केभिन ओ ब्रायन र राजु रिजालले २९ रनको साझेदारी गरे पनि राजु ८ रन बनाएर सातौँ ओभरमा योगेन्द्र कार्कीको बलमा विकेटकिपरबाट समातिन पुगे। त्यसपछि ब्याटिंग गर्न आएका भारतीय खेलाडी सुब्रमन्यन आनन्दले पनि ९ रन भन्दा बढी बनाउन सकेनन् र पवन सर्राफको बलमा क्याच आउट भए।

Pawan Sarraf
Pawan Sarraf

पवन सर्राफले लगातार विकेट लिने क्रममा आक्रामक ब्याटिंग गरिरहेका केभिन ओ ब्रायनलाई क्याच आउट गराए। ४२ रन बनाएका ब्रायनले ३३ बलमा २ छक्का र ३ चौका प्रहार गरे। सर्राफ त्यतिमै रोकिएनन् र प्रदिप शाहुलाई खाता नखोल्दै पेभेलियनको दिशा देखाए।

१८ ओभरमा ९०/८ को नाजुक स्थितिमा पुगेको काठमाडौँलाई अन्तिममा सिद्धान्त लोहनीले केहि आक्रामक सट खेल्दै योगफल १०० पार गराए। १ छक्का र १ चौका प्रहार गरेका लोहै १९ औं ओभरमा २५ बलमा २१ रन बनाएर योगेन्द्र सिंह कार्कीको बलमा आउट हुनपुगे।

अन्तिममा संसाद शेखले १०, जितेन्द्र मुखिया ४ बनाएर आउट भए भने चन्द्र पौडेल २ रन बनाएर अविजित रहे।

फलस्वरूप काठमाडौँले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन बत्रै बनाउन सक्यो।

ललितपुरको बलिङ्गमा अफ स्पिनर पवन सर्राफले सर्वाधिक ३ विकेट लिन ४ ओभरमा २२ रन खर्चिए। यस्तै मध्यम तेज गति बलर योगेन्द्र सिंह कार्कीले २ विकेट ( ४-०-२८-२ ) तथा ओपनिङ्ग पेस बलर राशिद खानले २ विकेट ( ३.५-०-१७-२ ) लिए। लेग स्पिनर सन्नी पटेलले १ विकेट लिन ४ ओभरमा १९ रन खर्चिए। ४ ओभरमा २२ रन खर्चेका ललित राजबंशीले विकेट लिन सकेनन्।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]