गौरब तोमरले बिष्फोटक पारि खेल्दा काठमाडौं रोयल्सको जित : पिपिएल टि-२०

Gaurav Tomar
  • विकेटनेपाल- १० कार्तिक, शनिवार

गौरब तोमरले बिष्फोटक ब्याटिंग गरेपछि पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

पोखरा रङ्गशाला मैदानमा पहिले ब्याटिंग गर्दै काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याउ मैदान उत्रिएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६३ रनमात्र जोड्न सक्यो।

धनगढीको इनिंगमा कप्तान दिपेन्द्र सिंह ऐरीले ५४ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन्। ४२ बलको सामना गरेका ऐरीले ३ चौका र समान छक्का प्राहार गरे। १८.१ ओभरमा दिपेन्द्र ऐरी बसन्त रेग्मीको बलमा बोल्ड भएसंगै धनगढीको जितको आशा समेत समाप्त भएको थियो।

यसअघि ठूलो लक्ष्य पछ्याउने क्रममा धनगढीको सुरुवात सामान्य मात्र रह्यो। ओपनर सन्दिप सुनार ११ तथा डेनिएल लरेन्स ८ रन बनाएर पभेलियन फर्किंदा धनगढीको स्कोर २१/२ को अवस्थामा पुगेको थियो। ऐरीबाहेक धनगढीको इनिंगमा अन्य ब्याट्सम्यानहरुले खास योगदान गर्न सकेनन्। सन्दिप जोराले २७, पिटर ट्रेगोले १९ रन जोडेपनि त्यो जितका लागि पर्याप्त रहेन।

Dipendra Airee Half Century
Dipendra Airee Half Century

काठमाडौंको बलिंगमा बसन्त रेग्मी, सुशन भारि र अमरसिंह रौटेलाले समान २-२ विकेट हात पारे। यस्तै नन्दन यादव र गौरब तोमरको नाममा १-१ विकेट रह्यो।

गौरब तोमरको उत्कृस्ट इनिंग 

यसअघि पहिलो इनिंगमा काठमाडौं रोयल्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो।

दिनको दोस्रो खेलमा पहिले ब्याटिंग गर्न उत्रिएको काठमाडौंले ठूलो स्कोर जोड्ने क्रममा सुरुवातबाटै राम्रो सुरुवात पाएको थियो। ओपनर अमित श्रेष्ठ र जयकृष्ण कोल्सवालाले ३० रनको सुरुवाती साझेदारी गर्दै टोलीको इनिंग अघि बढाएका थिए।

अमित व्यक्तिगत १२ रन तथा जयकृष्ण व्यक्तिगत २५ रनको योगदान गर्दै क्रमश डेभिड ट्रेगो र सगर ढकालको शिकार बनेका थिए।

Gaurav Tomar
Gaurav Tomar

टोलीले ३० रन जोड्दा अमित पभेलियन फर्किएपछि तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएका बिदेशी खेलाडी गौरब तोमरले बिष्फोटक ब्याटिंग गरेपछि काठमाडौंको इनिंग ठूलो स्कोरतर्फ अघि बढेको थियो।

खेलको अन्तिम ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीको बलिंगमा सन्दिप सुनारको हातबाट समातिनु अघि तोमरले ९५ रनको बिष्फोटक पारि खेलेका थिए। मात्र ४४ बलको सामना गरेका गौरबले १० छक्का र ४ चौका प्रहार गरे।

यस्तै काठमाडौंलाई नरेश बुढाएरले व्यक्तिगत ३६ रनको योगदान गर्दै अविजित रहेका थिए। उनले २४ बलमा २ चौका र समान छक्का प्रहार गरेका थिए।

धनगढीको बलिंगतर्फ सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र पिटर डेभिड ट्रेगोको नाममा समान १-१ विकेट रहेको थियो।

स्कोरकार्ड हेर्नुस 

प्रतियोगिता अन्तर्गत आजै बिहान सम्पन्न खेलमा सोमपाल कामि कप्तानीको बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले सहजै पराजित गर्यो।

पिपिएल टि-२० अन्तर्गत आइतबार बिहान ९ बजे हुने खेलमा बिराटनगर टाईटन्सले धनगढी ब्लुजको तथा १:१५ बजे हुने खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनको सामना गर्नेछ।

Basant Regmi
Basant Regmi

क्विन्स इभेन्ट्सले आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलि सहभागी छन् जस अन्तर्गत चितवन राइनोजको मार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

प्रतियोगिताको बिजेताले नेपाली घरेलु क्रिकेटकै सर्वाधिक पुरस्कार राशि २७ लाख रुपैयाँ तथा उपविजेताले १० लाख रूपैयाँ प्राप्त गर्नेछन्।

कुल १२ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( कार्तिक १३ गते र कार्तिक १९ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्।

 





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]