इपिएल टि-२० : तोमरले उत्कृस्ट ब्याटिंग गर्दा ललितपुरको लगातार दोश्रो जित

Gaurav Tomar
  • विकेटनेपाल, मङ्सिर-२४ , सोमबार 

एभरेस्ट प्रिमियर लिग ( इपिएल टि-२० ) अन्तर्गत ललितपुर प्याट्रीएट्सले दोश्रो जित हात पार्ने क्रममा पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको छ। लिगमा भैरहवासंग ४ विकेटले पराजित भएको पोखराको यो लगातार दोश्रो हार हो भने ललितपुरको यो ३ खेलमा दोश्रो जित हो।

ललितपुर पहिलो खेलमा बिराटनगर वारियर्ससंग ३ विकेटले पराजित भएको ललितपुरले दोश्रो खेलमा चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको थियो।

खेलमा टस जितेर ब्याटिंग गरेको पोखराले १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो जसलाई प्याट्रीएट्सले १५.५ ओभरमा २ विकेट मात्रै गुमाएर पुरा गर्यो।

तोमरको विस्फोटक इनिंग  

लक्ष्य पछ्याउने क्रम ललितपुर प्याट्रीएट्सले शानदार सुरुवात गर्यो। ओपनर गौरभ तोमर र जयकिशन कोल्सावालाले सुरुवात देखि आक्रामक इनिंग खेल्ने क्रममा पहिलो ६ ओभरमै ६५ रन बनाए।

१३ औं ओभरको तेश्रो बलमा सुशन भारिले कोल्सावालालाई शक्ति गौचनको हातमा क्याच दिनु अघि दुवै ओपनरले पहिलो विकेटको लागि १२९ रन जोडी सकेका थिए। कोल्सावाला ५१ रन बनाएर आउट भए जुन क्रममा उनले ३८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

१४ औं ओभरको अन्तिम बलमा शतकतर्फ अघि बढीरहेका तोमरले पनि लंग अनमा शक्ति गौचनबाटै समातिन पुगे। तोमरले ८२ रन बनाउन ४१ बलमा ८ छक्का र ४ चौका प्रहार गरे। प्लेयर अफ द म्याच समेत चुनिएका तोमरले इनिंगको क्रममा सुनिल धमलाले गरेको १२ औं ओभरको चौथो , पाँचौ र छैठौं बलमा लगातार ३ छक्का प्रहार गरे।

२ विकेट गुमाएपछि ब्याटिंग गर्न आएका सन्नी पटेलले शक्ति गौचनले गरेको १६ औं ओभरमा २ छक्का र १ चौका प्रहार गर्दै टिमलाई जित दिलाएका थिए। पटेलले ८ बलमा १ चौका र २ छक्का मदतले अविजित २० रन बनाए भने सोनु तामांग ११ रनमा अविजित रहे। प्याट्रीएट्सले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

पोखराकोबलिङ्ग मा सुशन भारि र पल कग्लिनले १/१ विकेट लिए। ओपनिङ्ग बलिङ्ग गरेका बिपिन खत्री ( ३-०-३३-० ) , बिक्रम सोब ( २-०-३०-० ) र सुनिल धमला ( १-०-२०-० ) महँगो सावित भए।   हेर्नुस स्कोरकार्ड 

लेभीको विस्फोटक इनिंग

टस जितेर ब्याटिंग रोजेको पोखरा राइनोजले विस्फोटक सुरुवात गर्यो। ओपनर रिचर्ड लेभी र कायल कोट्जरले पहिलो विकेटको १० ओभरमा ९७ रन बनाए।

दशौँ ओभरको अन्तिम बलमा पवन सर्राफले लेभीलाई क्याच आउट गर्दै प्याट्रीएट्सलाई राहत दिलाएका थिए। आउट हुनु अघि लेभीले मात्र ३९ बलमा ९ छक्का र ३ चौका मद्दतले ८४ रन हिर्काए।

अघिल्लो खेलमा पनि आक्रामक इनिंग खेल्दै लेभीले भैरहवा ग्ल्याडीएटर्स बिरुद्ध ७९ रनको विस्फोटक इनिंग खेलेका थिए  जुन क्रममा ७ छक्का र ७ वटै चौका प्रहार गरेका थिए। लेभीको इनिंगको बाबजुत पोखरालाई भैरहवाले ४ विकेटले पराजित गरेको थियो।

३१ बर्षिय लेभीले इनिंगको पाँचौ ओभरमा सन्नी पटेललाई २ छक्का तथा नवौं ओभरमा राशिद खानलाई पनि २ छक्का हिर्काएका थिए। दशौ ओभरमा पवन सर्राफलाई २ छक्का र १ चौका हिर्काएपछि सर्राफलाई विकेट दिंदै उनि आउट भए।

Richard Levi
Richard Levi

लेभीको विकेट जाँदा १० ओभरमा ९७/१ रहेको पोखराको स्कोर त्यसपछि भने सुस्त भएको थियो। अर्का ओपनर कायल कोट्जर १९, सुनिल धमला १० तथा पल कग्लिन १४ रन बनाएर आउट हुन पुग्दा रन रेटमा पनि अंकुस लाग्यो।

अन्तिममा बिनोद भण्डारीले २३ बलमा ३४ रन बनाउदा राइनोजले योगफल १५० पार गरायो। उनले ३ चौका र १ छक्का प्रहार गरे।

राइनोजले २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाउदा इनिंग समाप्त गर्यो।

ललितपुरको बलिङ्गमा पवन सर्राफले ३ विकेट लिए भने अन्य बलरहरु विकेट विहिन रहे। सर्राफले ४ ओभरमा ३१ रन खर्चिए। 

ललितपुर बलरहरुको स्पेल – सन्नी पटेल ( ३-०-२४-० ) , ललित राजबंशी ( ३-०-२६-० ) , गौरभ तोमर ( ४-०-२६-० ) , राशिद खान ( २-०-३०-० ) , पवन सर्राफ ( ४-०-३१-३ ) , योगेन्द्र सिंह कार्की ( ४-०-२८-० )

अनुशासित बलिङ्ग गरेको ललितपुरले अतिरिक्तको रुपमा ३ रन मात्रै खर्चियो।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]