निमार्णाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा अवरोध, स्थानीयले भत्काए कम्पाउन्ड

भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा बन्दै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको तारबार बुधबार स्थानियले भत्काएका छन् ।

बिहान ६ बजेपछिको समयमा एक्साभेटर सहित पुगेको समुहले रंगशालाको पश्चिमतर्फ रहेको तारबार र जस्ताको बार भत्काईदिएका हुन्।

स्थानियले रंगशालाको पश्चिम पट्टि रहेको रगंशाला निर्माणस्थलसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गामा समेत रहेको तार जालि भत्काईदिएका थिए । करीब एक किलोमिटर लम्बाईमा स्थानियले एक्साभेटर लगाईदिएका हुन्।

तारबार भत्काउन लाग्दा रंगशालामा काम गर्ने कर्मचारीले खिचेको फोटो समेत हटाउन लगाएका थिए । त्यसस्थानमा रंगशाला निर्माण गर्न जग्गा दिनुभन्दा अघिदेखी कृषि तथा वनविज्ञान विश्वविद्यालयले तारजाली लगाएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनले २० विगाह ६ कठ्ठामा बनाउन लागेको रंगशालाले ओगट्ने क्षेत्रलाई फलामको पाईप राखेर टिन लगाएर घेर्ने काम गरिएको थियो । यसअघि तीन तर्फ घेर्ने काम भएपनि पश्चिमतर्फ भने पुरानै तारजाली मात्र रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल बताउँछन् ।

निर्माण स्थल सुरक्षित गर्न र निर्माण स्थलमा रहेका सामग्री र मेशिनको सुरक्षा गर्न समेत कम्पाउण्ड गर्नमा ढिलाई भईसकेकाले पश्चिममा टिन लगाएर बार बनाउन स्थानियसँग पनि पटक पटक छलफल गरिएको उनले बताए । मंगलबार मात्रै रंगशाला परिसरको पश्चिमतर्फ पहिले तारजाली रहेकै ठाउँमा टिनको बार लगाउन थालिएको थियो । जति जमिन दिएको छ त्यो जमिन सर्भे गरेर गुरुयोजना बनाएर पुर्वाधार तयार गर्ने काम अघि बढाईएकोले अस्थायी बार लगाएर घेर्नका लागि उनले स्थानियसँग अनुरोध पनि गरेका थिए । स्थानियले बाटो बढाउन रंगशाला निर्माण गर्न दिईएको जग्गा तर्फ जमिन छाड्नुपर्ने माग राख्दै आएका थिए ।

‘डिटेल प्रोजेक्ट रिपोर्ट आईसकेपछि कति बाटो छाड्न मिल्ने नमिल्ने बारेमा छलफल गरौला भनेर कुराकानी यसअघि नै स्थानियसँग भएको हो’ कट्टेलले भने, ‘रंगशाला बनाउने भनेपछि स्थानियको स्वागतले भएको खुशी सँगसँगै यस्ता दुःखद् घटना हुँदा एकदमै पीडा हुँदो रहेछ ।’

अभियन्ताको रुपमा केही गरौं भनेर आउँदा भएको दुःखद् घटनाले हतोत्साही बनाएको उनले बताए । खाडीका पसिना बगाएर कमाएको रुपैयाँ लगानी भएको राष्ट्रिय गौरवको आयोजनामा यस्ता घटना हुनु नराम्रो भएको उनी बताउँछन् ।

Photo – NarayaniOnline

‘मैंले कति मिटरको बाटो छाड्ने भनेर कसरी भन्न सक्छु’ उनी भन्छन्, ‘पहिले रंगशालाको डिपिआर नै तयार भएपछि नै यसबारेमा विस्तृतमा छलफल गरौला भन्दा भन्दै यस्तो भयो ।’ नेकपाका स्थानीय नेता प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विक लगायतका मानिसको सहभागिता रहेको उनले बताए ।

घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले १६ जनालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा १० जना पुरुष र ६ जना महिला रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको उनले बताए ।

रंगशाला निर्माणका लागि अहिलेसम्म साँढे ६ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको फाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए । वैदेशिक यात्रामा गरिने कार्यक्रमहरुबाट सहयोग संकलन गरिएको छ ।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]