गौतम बुद्ध कप टि-२० फर्म्याटमा खेलिने

शनिवार देखि चितवनमा सुरु हुने गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता टि ट्वान्टी फर्म्याटमा खेलाइने भएको छ। बागमती प्रदेश क्रिकेट संघद्वारा आयोजित प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुने बताईएको थियो।

तीन दिनदेखि घाम नलागेका कारण मौषमको अवस्था अनुसार टि-ट्वान्टी ढाँचामा गर्न लागिएको आयोजकले जनाएको छ । तीन दिने प्रतियोगिता भोलि चितवनको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सुरु हुदैछ ।

मंसिर ३० गतेसम्म हुने प्रतियोगिता तीन टिमको सहभागिता रहेको छ । जसमा बागमती, नारायणी र राप्ती टिमले एक अर्कासँग खेल्नेछन र शिर्ष २ टिमले फाइनल खेल्ने भएका छन । बागमतीको कप्तानी ज्ञानेन्द्र मल्लले तथा राप्तीको बिनोद भण्डारीले गर्नेछन्। नारायणी टिमको कप्तानी पारस खड्काले गर्ने निर्धारित भएता पनि उनि कोरोना संक्रमित भएपछि उनको स्थानमा कसले कप्तानी गर्ने जानकारी गराइएको छैन।

प्रतियोगिताको खेलतालिका अनुसार मङ्सिर २७ गते ११ बजे सुरु हुने उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती र पारस खड्का कप्तानीको नारायणीले प्रतिस्पर्धा गर्नेछन्। मङ्सिर २८ गते बागमती र बिनोद भण्डारी कप्तानीको राप्तीले तथा मङ्सिर २९ गते राप्ती र नारायणी बीच प्रतिस्पर्धा हुनेछ। तिन वटा खेल सम्पन्न भएपछि अंकतालिकामा उत्कृस्ट हुने दुइ वटा टिमबीच फाइनल खेल मङ्सिर ३० गते आयोजना हुनेछ।

कुन टिममा को-को छन् खेलाडीहरु :-

बागमती : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , सोमपाल कामि र अनिल साह, राशिद खान, ललित राजवंशी, सागर ढकाल, रोहित पौडेल, पवन सरार्फ, सुनिल धमला, बिक्रम सोब, प्रदीप ऐरी, भिम शार्की , आकाश थापा, संघर्ष पौडेल

नारायणी : सुबास खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी, साहब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, ईशान पान्डे, राजु रिजाल, दीपेश श्रेष्ठ र बिवेक यादव

राप्ती : बिनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, अविनाश बोहरा, कमल सिंह ऐरी, सुर्य तामाङ, भुवन कार्की, शरद भेषवाकर, लोकेश बम, आसिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान र स्वप्निल अधिकारी

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy