लगातारको खराब प्रदर्शन पछी गौतम गम्भीरले छोडे दिल्लीको कप्तानी, नयाँ कप्तान घोषणा

फिचर फोटो: द युथ म्यागजिन (फाइल)

  • विकेटनेपाल, बैशाख १२ – बुधबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत लगातार खराब प्रदर्शन गर्दै आईरहेको दिल्ली डेयरडेभिल्सले ठुलो निर्णय लिएको छ । उसले आफ्नो कप्तानबाट पुर्व भारतीय खेलाडी गौतम गम्भीरलाई हटाउने निर्णय गरेको हो ।

केहि समय अगाडी सामाजिक संजालमा जानकारी शेयर गर्दै दिल्लीले यस्तो जानकारी दिएको हो । उसले लेखेको छ, “गौतम गम्भीरले कप्तानी छोड्ने निर्णय आफै गरेका छन् । उनको व्यक्तिगत भन्दा पनि टिमलाई अगाडी राखेर हेर्ने निर्णयको तारिफ गर्नै पर्छ।”

गम्भीरले पनि यो निर्णय आफ्नो एकल भएको र आफुलाई प्रशिक्षक र टिम ब्यबस्थापनले दबाब नदिएको जनाएका छन् ।  “मैले टिमको नेतृत्व नगरेपनि टिमलाई आबश्यक परेको अवस्थामा म जस्तोसुकै सहयोग गर्न तयार छु ।” उनले थपे ।

यसअघि ८ वर्ष कोलकत्ता नाइटराइडर्सको कप्तानीको जिम्मेवारी निर्बाह गर्दै २ पटक आइपिएलको उपाधी समेत जिताएका गौतम गम्भीरलाई सिजन ११ भन्दा अगाडी भएको ग्लोबल अक्सनमा दिल्ली डेयरडेभिल्सले २.८ करोड भारतीय रुपैंयामा खरिद गरेको थियो । तर यो सिजनमा उनको कप्तानीमा खेलेका ६ खेल  मध्ये टिमले १ खेलमा मात्र जित हात पार्दै  २ अंकका साथ अंकतालिकाको पुछारमा रहँदा सबैतिरबाट तिब्र आलोचना भएपछी यो निर्णय लिइएको छ । उनले उक्त ६ खेल मध्ये ५ इनिंगमा ब्याटिंग गर्दै ८५ रनमात्र बनाएका छन् जसमध्ये ५५ रन आफ्नो पहिलो खेलमा बनाएका थिए ।

श्रेयस ईयर नयाँ कप्तान नियुक्त

निबर्तमान कप्तान गौतम गम्भीरले टिमको साथसाथै आफ्नो खराब प्रदर्शनपछी कप्तानीबाट राजिनामा दिएपछि खाली रहेको पोस्टमा दिल्ली डेयरडेभिल्सको प्रशिक्षक र टिम ब्यबस्थान तथा गौतम गम्भीरको सल्लाह अनुसार युवा खेलाडी श्रेयस ईयर नयाँ कप्तान नियुक्ति भएका छन् । जारि सिजनको बाँकी खेलमा अब टिम ईयरको कप्तानीमा उत्रिने छ ।

सन् २०१५/१६ को रंजी ट्रफीमा उत्कृस्ट प्रदर्शन गर्दै मुम्बईलाई उपाधी जिताउन सहयोग गरेका इयर त्यसपछि रास्ट्रीय टिममा   पर्नको लागि ढोका ढकढकाईरहेका छन् । जारि सिजनमा उनले ६ खेलमा १५१ रन बनाएका छन् जसमा पछिल्ला २ खेलमा लगातार २ अर्धशतक प्रहार गरेका छन् भने २ खेलमा अविजित रहेका छन् ।

दिल्ली र नेपाल सम्बन्ध

सन् २००८ मा सुरु भएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट सुरुबाट नै अक्सनको आधारमा सुरु भएको थियो तर त्यो पछी जारि सिजनमा सबैभन्दा ठुलो अक्सन भयो । उक्त अक्सनमा नेपाली युवा खेलाडी १७ बर्षे लेग स्पिनर गुगली बलर सन्दीप लामिछाने पनि नेपालको प्रतिनिधित्व गर्दै पुगेका थिए ।

त्यो भन्दा अगाडी अर्का नेपाली खेलाडी शक्ति गौचन पनि राजस्थान रोयल्सको प्रशिक्षणमा सहभागी भएका थिए तर उनले टिममा स्थान बनाउन सकेका थिएनन् ।  यसपाली त्यस्तो भएन, सन्दिपलाई रिक्की  पोंटिंगको प्रशिक्षणमा रहेको दिल्ली डेयरडेभिल्सले आधार मूल्य भारतीय २० लाख रुपैयाँमा खरिद गर्यो । गौतम गम्भीर पनि ८ वर्षपछी दिल्लीको टिममा फर्केका थिए जहाँबाट उनले क्रिकेट खेल्न सुरुवात गरेका थिए ।  दिल्लीले सामाजिक संजालमा सन्दिपको धेरै चर्चा मात्रै गरेन सन्दिपलाई उनले आइपिएलमा प्रयोग गर्ने जर्सी पुर्याउन टिमका सिईओ काठमाण्डौ नै आइपुगे, तर उनले अहिलेसम्म टिमको पहिलो एघारमा स्थान बनाउन सकेनन् । के युवा सन्दिपले युवा कप्तान ईयरको कप्तानीमा आइपिएलमा डेब्यु गर्न पाउलान् त ? त्यो त समयले नै बताउला !





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]