गौतम गम्भीरद्वारा क्रिकेटबाट सन्यास घोषणा

  • विकेटनेपाल, मङ्सिर-१८ 

भारतीय क्रिकेट टिमका पुर्व ओपनिङ्ग ब्याट्सम्यान गौतम गम्भीरले सम्पूर्ण किसिमको क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।

सन् २००३ मा बंगलादेश बिरुद्ध एकदिवसीयमा भारतको लागि डेब्यु गरेका गम्भीरले ५८ टेस्टमा ४१.९५ को औशतले ४१५४ रन बनाएका छन् जसमा ९ शतक र २२ अर्धशतक रहेका छन्। यस्तै उनले १४७ एकदिवसीयमा ३९.६८ को औशतले ५२३८ रन बनाएका छन् जसमा ११ शतक र ३४ अर्धशतक रहेको छ। ३७ टि-२० समेत खेलेका उनले २७.४१ को औशतले ९३२ रन बनाएका छन् जसमा ७ अर्धशतक सामेल छ।

अन्तिम पटक गम्भीरले सन् २०१६ मा इंग्ल्याण्ड बिरुद्ध भारतमै भएको टेस्ट खेलेका थिए। घरेलु क्रिकेटमा भर्खरै दिल्लीको लागि नोभेम्बर अन्त्यसम्म रणजी ट्रफी खेलेका उनले अन्तिम इनिंगमा ६० रन बनाएका थिए। दिल्लीले डिसेम्बर ६ देखि आन्ध्रासंग खेल्ने रणजी ट्रफीको खेल उनको अन्तिम खेल हुनेछ।

फेसबुकमा भिडियो पोस्ट गर्दै गम्भीरले सन्यास घोषणा गरेका हुन्। भिडियोमा उनले फ्यानहरुलाई धन्यवाद दिंदै २ वटा बिश्वकपको उपाधि दिलाउन फाइनलमा आफुले गरेको योगदानलाई सम्झिएका छन्। भारतलाई नम्बर १ टेस्ट टिम बनाएको र २००९ मा उत्कृस्ट टेस्ट ब्याट्सम्यान बनेकोमा उनले गर्व ब्यक्त गरेका छन्।


सन् २००८ देखि २०११ सम्म भारतीय टिमको प्रमुख ब्याट्सम्यानको रुपमा उदाएका गम्भीर सबै फर्म्याटमा नियमित ओपनिङ्ग ब्याट्सम्यान थिए। ३७ बर्ष ५१ दिन उमेर पुगेका गम्भीर पछिल्लो समय क्रिकेट कमेन्टेटर तथा क्रिकेट विश्लेषकको भूमिकामा देखिदै आएका छन्।

इन्डियन प्रिमियर लिग टिम कोलकाता नाइट राईडर्सलाई २ पटक विजेता बनाएका गम्भीरले भारतलाई २०११ को बिश्वकप उपाधि दिलाउन पनि महत्वपूर्ण योगदान दिएका थिए।

भारतलाई १९८३ पछि एकदिवसीय बिश्वकप उपाधि दिलाउन श्रीलंका बिरुद्ध फाइनल खेलमा गम्भीरले ९७ रनको खेल जिताउने पारि खेलेका थिए। यस्तै सन् २००७ को टि-२० बिश्वकप फाइनलमा समेत गम्भीरले पाकिस्तानबिरुद्ध ५ रनको जित हात पार्ने क्रममा ७५ रन बनाएका थिए ।

सन् २००९ मा गम्भीर आईसीसीको बर्ष उत्कृस्ट टेस्ट खेलाडी घोषित भएका थिए।

२०११ बिश्वकप पछि भने गम्भीरको फर्म पुरानो जस्तो रहेन र भारतीय टिमले इंग्ल्याण्ड र अस्ट्रेलियामा लगातार टेस्ट हार्दा गम्भीरको फर्म नाजुक रहेको थियो। मुरली विजय र शिखर धवन जस्ता ब्याट्सम्यानहरुको आगमनले टिममा उनको स्थान गुमेको थियो।

गत सिजन दिल्ली डेयर डेभिल्सको कप्तानको रुपमा इन्डियन प्रिमियर लिगमा समेत उनको प्रदर्शन नाजुक रहेपछि उनलाई प्रतियोगिताको बीचमै कप्तानीबाट हटाईएको थियो।

 

 





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]