गौतम गम्भीरको विश्लेषण- पहिलो खेलमा चेन्नाई भन्दा मुम्बईको ‘हात माथि’

१३ औं सिजनको इन्डियन प्रिमियर लिग ( आईपीएल ) को उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। गत वर्ष लिग जित्ने क्रममा मुम्बईले चेन्नाईलाई १ रनले पराजित गरेको थियो। धोनीको टिम सिजनको सुरुवातमा पछिल्लो सिजनको बदला तथा लिगको सुरुवात सकरात्मक रुपमा गर्न चाहन्छ।

यद्धपि भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले भने खेलमा रोहित कप्तानीको मुम्बईको हात माथि हुने विश्वास गरेका छन्। स्टार स्पोर्ट्सको ‘क्रिकेट कनेक्टेड’ कार्यक्रममा गम्भीरलाई मुम्बई र चेन्नाईको प्रतिद्धन्दीताको बारेमा प्रश्न गरिएको थियो।

“म ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले एक साथ बलिंगको सुरुवात गरेको हेर्न लालायित छु। किनकि बुम्राह र बोल्ट विश्वस्तरीय बलर हुन् र दुवै टि-२० क्रिकेटमा विकेट लिनको लागि जनिने गर्छन्। बायाँ हाते पेसर बोल्टले दायाँ हाते ब्याट्सम्यानहरुलाई बल भित्रतिर फाल्ने गर्छन भने जस्प्रित बुम्राह अपारम्परिक छन्।” गम्भीरले बताए।

गत सिजन दिल्लीबाट खेलेका न्युजिल्यान्ड पेस बलर बोल्ट यो सिजन मुम्बईबाट खेल्दैछन्। गत सिजन उनले मात्र ५ खेल खेल्ने क्रममा ५ विकेट लिएका थिए। आईपीएल करियरमा बोल्टले ३३ खेलमा ३८ विकेट लिईसकेका छन्। अर्कोतर्फ बुम्राह लिगको गत सिजन पाँचौ सर्वाधिक विकेटकर्ता थिए जसले १६ खेलमा १९ विकेट लिएका थिए। आईपीएल करियरमा उनले ७७ खेलमा ८२ विकेट लिएका छन्।

“चेन्नाईसंग नम्बर-३ ब्याट्सम्यान रैना छैनन् जसको अनुपस्थितिमा टिमलाई निकै मुस्किल हुनेछ। अर्कोतर्फ शेन वाटसन जो लामो समय देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलीरहेका छैनन् उसले बुम्राह र बोल्टलाई कसरि खेल्न सक्लान्। अर्कोकुरा उनले कोसंग ओपनिंग ब्याटिंग गर्नेछन् भन्ने पनि कुराछ।” गम्भीरले थपे

“म ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले एक साथ बलिंगको सुरुवात गरेको हेर्न लालायित छु।” – गम्भीर

“मलाई लाग्छ मुम्बईको हात माथि हुनेछ किनकि उनीहरुको टिममा सन्तुलन र गहिराइ छ। उनीहरुसंग यो पटक ट्रेन्ट बोल्ट पनि छन् जसले उनीहरुलाई अझ मजबुत बनाउछ।”

“किनकि तपाई त्यस्तो बलर चाहनुहुन्छ जसले नयाँ बलले विकेट निकाल्न सकोस्, र त्यस्तो भए बुम्राहलाई तपाईले अर्को भूमिकामा प्रयोग गर्न सक्नुहुनेछ। त्यसैले एउटा खेलमा मात्र हैन प्रतियोगिताभर म यी दुइ बलरले कस्तो प्रदर्शन गर्नेछन् हेर्न चाहन्छु।” उनले थपे।

मुम्बई इन्डीएन्स यो सिजन आफ्नो पाँचौ आईपीएल उपाधि जित्ने सोचमा हुनेछ। लिग सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ। अर्कोतर्फ चेन्नाई गत सिजन भुल्दै यो सिजन राम्रो सुरुवात गर्न चाहन्छ।

मुम्बई टिम :- रोहित शर्मा, आदित्य तारे, अनमोलप्रीत सिंह, ईशान किशान, क्विंटन डिकक, सूर्य कुमार यादव, हार्दिक पान्ड्या , जयन्त यादव, काइरन पोलार्ड, क्रुनल पान्ड्या, शेरफन रदरफर्ड, अनुकूल रोय, धवल कुलकर्णी, जसप्रीत बुमराह, लासिथ मालिङा, मिचेल म्याक्क्लेनेघन, राहुल चाहार, ट्रेन्ट बोल्ट, क्रिस लिन, सौरभ तिवारी, न्याथन कुल्टर नाइल, मोहसिन खान, बलवंत सिंह र दिग्विजय देशमुख।

चेन्नाई टिम :- मुरली विजय, फाफ डु प्लेसिस, रुतुराज गायकवाड, अम्बती रायडु, महेन्द्र सिंह धोनी ( कप्तान ) , नारायण जगदिशन, रभिन्द्र जडेजा, मिचेल स्यान्टनर , शेन वाटसन, ड्वेन ब्राभो, केदार जाधव, स्याम करन,  दिपक चाहर, जोश हेजलवुड, लुंगी एनगीडी, शार्दुल ठाकुर, केएम आसिफ, मोनु कुमार, इमरान ताहिर, कर्ण शर्मा, पियुष चावला, साइ किशोर

सम्बन्धित : 

IPL  : कस्तो छ डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स टिम

IPL : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स

“४५ डिग्रीमा तापक्रममा खेल्नु चुनौतीपूर्ण” बोल्ट

IPL : सबैभन्दा धेरै छक्का प्रहार गर्ने ६ खेलाडी

युएई पुगेका सन्दिपको यसरी भयो स्वागत





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]