अफगानीस्तानका अफ स्पिनर मुजिब उर् रहमानले लगातार दोश्रो खेलमा उत्कृस्ट बलिंग गर्दा करेबियन प्रिमियर लिग अन्तर्गत चौथो खेलमा जमैकाले गायनालाई १०८ रनमा रोक्न सफल भएको छ।
लिग अन्तर्गत अघिल्लो खेलमा गायनाले जमैकालाई १४ रनले पराजित गरेको थियो।
टस हारेर पहिले ब्याटिंग गरेको गायनाले २० ओभरमा १०८ रन बनाउदै जमैकालाई १०९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
गायनाको लागि रस टेलरले सर्वाधिक २३, नभिन उल हकले अविजित २० तथा निकोलस पुरनले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अघिल्लो खेलमा पनि गायना बिरुद्ध मात्र १८ रन खर्चेका अफ स्पिनर मुजिबले पुनः ३ विकेट लिने क्रममा झनै उत्कृस्ट बलिंग गरे। उनले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ११ रन खर्चिए। यस क्रममा उनले शिमरन हेटमायर, निकोलस पुरन र क्रिस ग्रिनको ठूलो विकेट लिए। ३ विकेट लिए पछि मुजिब लिगको सर्वाधिक विकेट लिने बलरको सुचीमा दोश्रो स्थानमा उक्लेका छन्। ९ विकेट लिएका मुजिब भन्दा अघि सेन्ट लुसिया बलर स्कट कग्लेजिन १० विकेट सहित रहेका छन्। इमरान ताहिरले ८ विकेट लिएर तेश्रो स्थानमा छन्।

यस्तै फास्ट बलर फिडेल एड्वार्ड्सले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। एड्वार्ड्सले इनिंगको पहिलो बलमै गायना ओपनर ब्रान्डन किंगलाई बोल्ड गर्दै विकेटको खाता खोलेका थिए। उनले अर्का ओपनर एन्थोनी ब्राम्बललाई पनि पाँचौ ओभरमा आउट गरेका थिए।
नेपाली स्पिनर सन्दिप लामिछानेले १ विकेट लिने क्रममा कन्जुस्याइँपूर्ण बलिंग गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिए।
सन्दिपको राम्रो प्रदर्शन जारि
नेपाली स्पिनर सन्दिप लामिछानेले आफ्नो राम्रो लयलाई निरन्तरता दिएका छन्। खेलमा उनले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट लिए। गायनाको योगफल ५०/३ रहेको अवस्थामा १० औं ओभरमा बलिंग गर्न आएका सन्दिपले स्पेलमा १६ वटा डट बल फाल्दै बिपक्षी टिमलाई निरन्तर दबाबमा राखे।
सन्दिपको पहिलो ओभर : ३ रन ( ० , २ , १ , ० , ० , ० )
१० औं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले ओभरमा ४ वटा डट बल राख्दै क्रिजमा जमीरहेका रस टेलर र निकोलस पुरनलाई सट खेल्ने मौका दिएनन्।
सन्दिपको दोश्रो ओभर : ४ रन खर्चेर १ विकेट ( विकेट, वाइड, ० , ० , ० , १ , २ )
लगत्तै स्पेलमा बलिंग गर्न आएका सन्दिपले ओभरको पहिलो बलमै १ रन बनाएका शरफेन रथरफोर्डलाई क्याच आउट गराए। अघिल्लो खेलमा पनि सन्दिपलेनै रथरफोर्डको विकेट लिएका थिए। सन्दिपको गुगलीलाई टर्नको विपरित खेले क्रममा ब्याटको माथिल्लो किनारा लाग्दै आसिफ अलि बाट क्याच आउट भए। ओभरमा सन्दिपले ४ रन खर्चेर १ विकेट लिए।
सन्दिपको तेश्रो ओभर : १ रन ( ० , ० , १ , ० , ० , ० )
१४ औं ओभरमा झनै कसिलो बलिंग गर्ने क्रममा सन्दिपले ५ बल डट राख्दै मात्र १ रन खर्चिए। यस क्रममा उनले किमो पौल र गायना कप्तान क्रिस ग्रिनलाई बाँधेर राखे।
सन्दिपको चौथो ओभर : ४ रन ( १ , २ , ० , ० , १ )
लगातार तेश्रो सिजन सिपिएल टि-२० खेलीरहेका सन्दिपलाई जमैकाले ९० हजार डलर तिरेर भित्र्याएको थियो। उनले २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स तथा २०१९ मा बार्बेडोस ट्राइडेन्टको प्रतिनिधित्व गरेका थिए।
लिग अन्तर्गत यस अघि सन्दिपले सेन्ट लुसिया र ट्रिनबागो बिरुद्ध १/१ विकेट लिएका थिए भने तेश्रो खेलमा गायना बिरुद्ध कीर्तिमानी स्पेल गर्दै ८ रन खर्चेर २ विकेट लिएका थिए।
लगातार तेश्रो सिजन सिपिएल टि-२० खेलीरहेका सन्दिपलाई जमैकाले ९० हजार डलर तिरेर भित्र्याएको थियो। उनले २०१८ मा सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स तथा २०१९ मा बार्बेडोस ट्राइडेन्टको प्रतिनिधित्व गरेका थिए।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/jam-gyu-4th-m-1stisand-wn20/
https://wicketnepal.com/st-kitts-nevis-11th-m-rep-wn20/
https://wicketnepal.com/eng-10-years-wn20/
https://wicketnepal.com/anderson-600th-wicket-wn20/
https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/
https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/
https://wicketnepal.com/aus-team-to-eng-wn20-odi-t20-ser/
https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/
https://wicketnepal.com/sandeep-credit-to-mujeeb-wn20/