बिराट र अनुष्काबारे कमेन्ट गर्दा गावस्कर विवादमा, अनुष्काको कडा प्रतिक्रिया

२०७७ आश्विन ९, शुक्रबार १५:३४

बैंगलोर कप्तान बिराट कोहली र उनका श्रीमती अनुष्का शर्माबारे कमेन्ट गरेपछि भारतीय महान क्रिकेटर सुनिल गावस्कर विवादमा आएका छन्। गावस्करको कमेन्ट पछि भारतीय फिल्म अभिनेत्री अनुष्का शर्माले कडा अभिव्यक्ति दिएकी छिन्।

के भएको थियो 

पन्जाब र बैंगलोर बीच बिहिबार खेलिएको खेलको दौरान बैंगलोर कप्तान कोहलीको प्रदर्शन अत्यन्त खराब रहेको थियो। पन्जाबले दिएको २०७ रन लक्ष्य पछ्याउने क्रममा कोहली मात्र १ रन बनाएर आउट भएका थिए। कोहली ब्याटिंग गर्न आउदा गावस्करले बताएका थिए – “लकडाउनको दौरान उनले केवल अनुष्काको बलिंगको सामना गरे”। खासमा गावस्करको इशारा त्यो भिडियोकोतर्फ थियो जुन लकडाउनको दौरान सोसल मिडियामा भाइरल बनेको थियो। उक्त भिडियोमा कोहली र अनुष्का घरको छतमा क्रिकेट खेलीरहेका थिए। अनुष्का बलिंग गरिरहेका थिए र कोहली ब्याटिंग। गावस्करले बोलेको कुरा भिडियोमा हेर्दा भने उनको कमेन्ट विवाद बनाउनु पर्ने जस्तो छैन।

गावस्करले बोलेको भिडियो


अनुष्काको कडा प्रतिक्रिया 

तर सोसल मिडियामा गावस्करको कमेन्ट भाइरल भए पछि त्यसको मतलब अन्यथा लगाइयो। त्यसपछि कोहली पत्नी अनुष्का शान्त रहन सकिनन्। अनुष्काले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखिन् –

“धन्यवाद श्रीमान गावस्कर, तपाईको म्यासेज निकै बेस्वादिलो छ, यो तथ्य हो। तर म यो जान्न चाहन्छु कि तपाईले एउटा पत्नीलाई उसको पतिको खेलको लागि यस्तो असभ्य कमेन्ट किन गर्नु भयो ?”

अनुष्काले अगाडी लेखिन् – “मलाई विश्वास छ कि तपाईले यतिका वर्ष तपाईले खेलको बारेमा कुरा गर्दा हरेक क्रिकेटरको निजि जीवनलाई सम्मान गर्नु भयो होला। तपाईलाई यस्तो लाग्दैन कि हामि ( अनुष्का र बिराट ) लाई पनि त्यतिनै हक चाहिन्छ। मलाई विश्वास छ कि तपाईको दिमागमा मेरो पतिको प्रदर्शनको बारेमा बोल्न अरु धेरै शब्द र वाक्य थियो होला, या फेरी तपाईको शब्दको महत्व तब बढ्छ जब त्यसमा मेरो नाम समाबेश हुन्छ।”

अन्तिममा उनले लेखेकी छिन् – “यो २०२० हो र मेरो लागि अझै पनि कुराहरु बदलिएको छैन। मलाई क्रिकेटमा तानेर, मेरो बारे कमेन्ट गर्न कहिले बन्द हुन्छ ? सम्मानित श्री गावस्कर, तपाई एउटा महान खेलाडी हुनु हुन्छ जसको नाम यो भलाद्मीहरुको खेलमा ठूलो छ। म मात्र यो बताउन चाहन्छु कि मलाई कस्तो लाग्यो जब तपाईले यस्तो भन्नु भएको सुने।”

तर अनुष्काले उक्त कमेन्ट गर्नु अघि गावस्करले बोलेको भिडियो नहेरेको प्रस्ट हुन्छ। किनकि ७१ वर्षीय पूर्व ब्याट्सम्यानले कोहलीको प्रदर्शन बारे उक्त कुरा गरेका थिएनन्। कोहली ब्याटिंग गर्न आउदा उनले अभ्यास कम गर्न पाएको र खेल्दै जादा राम्रो गर्ने भावमा कमेन्ट गरेका थिए। त्यसै सन्दर्भमा उनले लकडाउनमा अभ्यास गर्न नपाएको र अनुष्का र बिराटले घरको छतमा खेल्दै गरेको भिडियो बारे उक्त कुरा बोलेका थिए।

सामाजिक संजालमा गावस्करलाई बहिस्कार गर्न माग 

तर सामाजिक संजालमा ट्वीटरमा भने गावस्करलाई बहिस्कारनै गर्ने माग उठेको छ। गावस्करको कमेन्ट पछि सामाजिक संजालमा बिभिन्न प्रतिक्रियाहरु आएका छन्।

चर्चित भारतीय टिभी च्यानल Timesnow का पत्रकार नभिका कुमारले गावस्करलाई बहिस्कार गर्नु पर्ने बताउदै गावस्करले अनुष्का र बिराट बारे गरेको कमेन्ट घिनलाग्दो बताएकी छिन् –

तर धेरै फ्यानहरुले गावस्करले केहि गलत नबोलेको र उनको कुरालाई गलत तरिकाले व्याख्या गरेको बताउदै उनको समर्थनमा पनि ट्वीट गरेका छन् 

सन्दिपलाई भारतीय टिममा छनौट गर्ने गावस्करको चाहना- “नेपालको राम्रो खेलाडी, भारतले किन छनौट गर्न सक्दैन?”

गम्भीरले औल्याए पन्जाब बिरुद्ध बैंगलोर कप्तान कोहलीले गरेको गल्ति

ढिलो ओभर रेटका कारण कोहलीलाई १२ लाख भारु जरिवाना

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?

IPL M-7 : दिल्ली र चेन्नाई बीच प्रतिस्पर्धा, यस्तो छ सन्दिप खेल्ने सम्भावना

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy