आईपीएल २०२० अन्तर्गत ५० औं खेलमा राजस्थान बिरुद्ध ९९ रन बनाउने क्रममा पन्जाबका ब्याट्सम्यान क्रिस गेल टि-२० क्रिकेटमा १ हजार छक्का प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन्।
४१ वर्षीय वेस्टइन्डिज ब्याट्सम्यान शतक बनाउन १ रनले चुकेता पनि ६३ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै नयाँ कोसेढुङ्गा पार गरे।
सन् २००५ मा टि-२० डेब्यु गरेका गेलले ४१० खेलको ४०२ इनिंगमा ब्याटिंग गर्दै यो कीर्तिमान बनाएका हुन्। गेल पछि धेरै छक्का हान्ने ब्याट्सम्यान वेस्टइन्डिजकै काइरन पोलार्ड हुन् जसले ५२४ खेलको ४६६ इनिंगमा ६९० छक्का हिर्काएका छन्। ब्रेण्डन म्याकलमले ४८५, शेन वाटसनले ४६७, आन्द्रे रसेलले ४४७, एबि डी भिल्लीयर्सले ४१७ छक्का प्रहार गरेका छन्। अन्य ब्याट्सम्यानले ४ सय छक्का हिर्काउन सकेका छैनन्।
टि-२० क्रिकेटमा १ हजार चौका हिर्काउने पनि गेल पहिलो ब्याट्सम्यान हुन् जसले कुल १०४१ चौका प्रहार गरेका छन्।
२ पटक ९९ रन बनाउने गेल पहिलो ब्याट्सम्यान
टि-२० क्रिकेटमा गेल शतक बनाउन १ रनले चुकेको यो दोश्रो पटक हो। यस अघि गेल ९९ रनमा अविजित रहेका थिए। २ पटक कुनै पनि ब्याट्सम्यानले टि-२० क्रिकेटमा ९९ रन बनाउन सकेका छैनन्। कुल २२ टि-२० शतक बनाएका गेल ९९ रनमा आउट भएको पनि यो पहिलो पटक हो।
गेल टि-२० क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत हुन् जसले कुल १३,५७२ रन बनाएका छन्। यस क्रममा उनले २२ शतक र ८५ अर्धशतक बनाएका छन्।
गेलको नाममा टि-२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोर बनाउने ब्याट्सम्यान समेत हुन् जसले आईपीएलमै २०१३ मा पुने वारियर्स बिरुद्ध अविजित १७५ रन बनाएका थिए।
गेलले शानदार ब्याटिंग गर्दा पन्जाबद्वारा राजस्थानलाई चुनौतीपूर्ण लक्ष्य
अफ्रिदीले घातक बलिंग गर्दा, टेलरको शतकका बाबजुद पाकिस्तानसंग जिम्बाब्वे पराजित
कोलकाताको प्ले-अफ सम्भावना कति ? सबै टिमको प्ले-अफ समीकरण यस्तो छ