ग्लोबल टि-२० : गेलले छक्का वर्षा गर्दा नाइट्सको जित

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा अन्तर्गत शुक्रवारराति सम्पन्न खेलमा भान्कुभर नाइट्सले एडमोन्टन रोयल्सलाई ६ विकेटले पराजित गरेको छ। दोश्रो जित संगै नाइट्स ५ अंक बटुल्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। रोयल्स भने लगातार चौथो हार पछि पुछारमा रहेको छ।

टस हारेर ब्याटिंग गरेको एडमोन्टनले २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो। १६६ रनको लक्ष्य भान्कुभरले १६.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

भान्कुभरको जितमा ओपनर क्रिस गेलले विस्फोटक ब्याटिंग गरे। शतक बनाउन चुकेका गेलले ९४ रन बनाउन मात्र ४४ बलमा ९ छक्का र ६ चौका प्रहार गरे। यस क्रममा गेलले शदाब खानले गरेको १३ औं ओभरमा ४ छक्का र २ चौका प्रहार गरेका थिए।


४० वर्षीय गेलले अघिल्लो खेलमा मोन्टरियल टाइगर्स बिरुद्ध शतक बनाउने क्रममा ५४ बलमा १२ छक्का र ७ चौका मदतले अविजित १२२ रन बनाएका थिए।

यस्तै शोयब मलिकले अविजित  ३४ ( १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। एडमोन्टनको लागि बेन कटिंगले सर्वाधिक ३ विकेट लिए।

यस अघि रोयल्सको ब्याटिंगमा बेन कटिंगले सर्वाधिक ७२ रन ( ४१ बलमा ७ छक्का र ३ चौका ) तथा मोहम्मद नवाजले ४० रन ( २७ बलमा ३ छक्का र १ चौका ) बनाएका थिए। नाइट्सको बलिंगमा अलि खान, साद बिन जाफर र हेडन वाल्सले समान २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिवार राति सन्दिप लामिछाने रहेको टिम टोरोन्टो नेसनल्सले ब्राम्पटन वुल्भ्ससंग खेल्दैछ। युभराज सिंह कप्तानीको टोरोन्टोले ३ खेलमा १ जित र २ हार बेहोर्दै अंकतालिकामा पाँचौ स्थानमा रहेको छ भने वुल्भ्स ३ खेलमा ३ वटै जितको साथ् ६ अंक सहित शिर्षस्थानमा छ।

सन्दिपलाई अघिल्लो खेलमा अन्तिम-११ मा समावेस गरिएको थिएन। आजको खेलमा सन्दिप खेल्ने सम्भावना प्रवल रहेको छ।





थप समाचार

आरिफ क्यास्पियन भ्यालीको ब्रान्ड एम्बेसडर

क्यास्पियन भ्याली सेकेन्डरी स्कुल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । ललितपुरको कुमारीपाटीमा रहेको […]

सप्तरी प्राइड लिग : राईनोज र रोयल च्यालेन्जर विजयी

राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत चौंथो दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका […]

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]