११ फोटोमा हेर्नुस क्रिस गेलको विश्वकपमा अन्तिम खेल

आफुलाई ‘युनिभर्स बोस’ भनेर चिनाउने वेस्ट इन्डिज स्टार खेलाडी क्रिस गेलले आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानसंग विश्वकपको अन्तिम खेल खेले।

उमेरले ४० पुग्न लागेका गेललाई अन्तिम खेलमा २३ रनको जित सहित टिमले विदाई गर्यो।

गेलले सन् २००० मा जिम्बाबेसंग टेस्टमा र १९९९ मा भारतसंग एकदिवसीयमा डेब्यु गरेका थिए।विश्वकपबाट बिदा लिए पनि गेलले भारतसंग घरेलु मैदानमा हुने एकदिवसीय सिरिज खेल्दै सन्यास लिने चाहना व्यक्त गरेको बताईएको छ।

विश्वकप क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने सुचीमा गेल १,१८६ रन सहित छैठौं स्थानमा रहेका छन्। यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा उनले १०,३८६ रन बनाएका छन् जुन क्रममा २५ शतक र ५३ अर्धशतक प्रहार गरेका छन्।  आफ्नै देशका अर्का महान् क्रिकेटर ब्रायन लाराले बनाएको १०,४०५ रन भन्दा १९ रनले पछि रहेका छन्। भारतसंगको विश्वकप पछि सिरिज खेले गेलले लारालाई उछिन्दै वेस्टइन्डिजको सर्वाधिक रनकर्ता बन्न सक्नेछन्।

अफगानिस्तानसंग गेलले ब्याटिंगमा मात्र ७ रन बनाउन सके। उनको विकेट दौलत जद्रानले विकेटकिपरबाट क्याच थमाउदै लिए।

त्यसपछि बलिंग गर्ने क्रममा अफ स्पिनर गेलले ८६ रन बनाएका इक्रम अलिखिललाई एलबिडब्लु धरापमा पार्दै महत्वपूर्ण विकेट लिए। यस्तै उनले डाइभ गर्दै एउटा क्याच समेत लिए। ६ ओभर बलिंग गर्दै उनले २८ रन खर्चेर १ विकेट लिए।

फोटोहरुमा हेर्नुस गेलको कस्तो रह्यो अन्तिम खेल :- 

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]