युएईमा जारी आईपीएलको दोश्रो फेजको खेल अन्तर्गत लिगको ३२ औं खेलमा पन्जाब किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पन्जाब किंग्सले बलिंग रोजेको छ। पन्जाबले अन्तिम-११ मा विदेशी खेलाडीको रुपमा निकोलस पुरन, एडेन मारक्रम र राशिद खानलाई मौका दिएको छ। राम्रो लयमा रहेकोले मार क्रमले क्रिस गेललाई प्रतिस्थापन गरेका हुन्। इशान पोरेल, आदील रशिद र मारक्रमको पन्जाबको लागि डेब्यु खेल हो।
पन्जाबको अन्तिम-११ : KL Rahul(w/c), Mayank Agarwal, Aiden Markram, Nicholas Pooran, Deepak Hooda, Fabian Allen, Ishan Porel, Adil Rashid, Harpreet Brar, Mohammed Shami, Arshdeep Singh
टस हारेपछि राजस्थान कप्तान संजु स्यामसनले आफ्नो टिम लक्ष्य पछ्याउन राम्रो रहेको बताउदै टस हार्दा पनि खुसि रहेको बताए। टिमले विदेश खेलाडीको रुप मा इभिन लुइस, क्रिस मोरिस र मुस्तफिजुर रहमानलाईमौका दिएको छ। लुइसले राजस्थानको लागि डेब्यु गर्नेछन्।
राजस्थानको अन्तिम-११ : Yashasvi Jaiswal, Evin Lewis, Sanju Samson(w/c), Liam Livingstone, Mahipal Lomror, Riyan Parag, Rahul Tewatia, Chris Morris, Mustafizur Rahman, Chetan Sakariya, Kartik Tyag
दुई टिम बीच पहिलो लेगमा भएको खेलमा पन्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको थियो। पन्जाबले दिएको २२२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले २० ओभरमा ७ विकेट क्षेतीमा २१७ रन बनाएको थियो। पन्जाबको लागि केएल राहुलले ९१ तथा दिपक हुडाले ६४ रन बनाएका थिए भने राजस्थानका संजु स्यामसनले शतक ( ११९ ) बनाए पनि जितको लागि अपर्याप्त रहेको थियो।
लिग अंकतालिकामा पन्जाब ८ खेलमा ३ जित र ५ हार पछि ६ अंक सहित सातौँ स्थानमा छ भने राजस्थान रोयल्स ७ खेलमा ३ जित र ४ हार पछि समान ६ अंक बटुल्दै नेट रन रेटमा अघि रहँदै छैठौं स्थानमा रहेको छ।
