गत सिजन व्यक्तिगत कारण देखाउदै करेबियन प्रिमियर लिग टि-ट्वान्टी ( सिपिएल टि-२० ) २०२० नखेलेका क्रिस गेलले आगामी सिजन भने सिपिएल टि-२० मा पुनरागमन गरेका छन्। ४१ वर्षीय गेल यो सिजन सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सबाट खेल्ने पक्का भएको हो।
युनिभर्स बोस गेलले सिपिएलमा जमैका तलावाजको चार सिजन प्रतिनिधित्व गरेका थिए जुन क्रममा २ पटक टिमले उपाधि जितेको थियो। त्यसपछि उनले सेन्ट किट्सको प्रतिनिधित्व गरेका थिए जुन क्रममा २०१७ मा टिमले फाइनल यात्रा गर्न सफल रह्यो। त्यसपछि पुनः २०१९ को सिजनमा गेल जमैकामा फर्केका थिए। उक्त सिजनको सुरुवातमा शतक बनाएता पनि त्यसपछि भने उनको फर्म खस्कंदा जमैका अंकतालिकाको पुछारमा पुगेको थियो।
२०२० को सिजन सुरुवात हुनु अघि गेलले जमैका टिम छाडेका थिए जुन क्रममा सार्वजनिक रुपमा टिमका प्रमुख प्रशिक्षक रामनरेश सरवनको आलोचना गरेका थिए।
&
BREAKING!!!
The Universe Boss, @henrygayle is back to St. Kitts and Nevis Patriots for this year’s edition of @CPL.
Hard-hitting with the bat & crazy with his iconic dance moves & with his trademark smile, Chris Gayle is truly a remarkable icon in the world of Cricket. pic.twitter.com/zTUN1n8afg
— SKNPatriots (@sknpatriots) May 27, 2021
;
सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सले गत सिजन खराब प्रदर्शन गर्ने क्रममा १० खेलमा मात्र १ जित दर्ता गर्दै अंकतालिकाको पुछारमा रहेको थियो। गेल टिममा रहंदा २०१७ मा टिमले हालसम्मकै उत्कृस्ट प्रदर्शन गरेको थियो। गेलको आगमनले टिम त्यही प्रदर्शन दोहोर्याउने अपेक्षा गरेको छ। यो सिजन आईपीएलमा पन्जाब किंग्सको लागि खेल्ने क्रममा गेलले ८ खेलमा १७८ रन बनाएका थिए।
गेल सिपिएल टि-ट्वान्टी इतिहासकै दोश्रो सर्वाधिक रन कर्ता हुन् जसले ७६ खेल खेल्ने क्रममा ३९.२३ को औशत र १३३.४४ को स्ट्राइक रेटले २ हजार ३ सय ५४ रन बनाएका छन्। उनले यस क्रममा ४ शतक र १३ अर्धशतक बनाएका छन्। उनि भन्दा बढी लेन्डल सिमोन्सले ८२ खेलमा २ हजार ४ सय ३६ रन बनाएका छन्।
सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स टिममा ड्वेन ब्राभो, शर्फेन रुथरफोर्ड इभिन लुइस, फाबीयन एलेन, शेल्डन कटरेल, रायद इम्रिट जस्ता खेलाडीहरु रहेका छन्।
We have a superstar in the house for @CPL 2021! Welcome @faf1307 ! #ZouksSaChaud #CricketPlayedLouder #CPL21 pic.twitter.com/UlyhUnRywd
— St Lucia Zouks (@Zouksonfire) May 27, 2021
दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डु प्लेसीले पनि यो सिजन सिपिएल खेल्ने भएका छन्। उनलाई सेन्ट लुसिया जुक्सले भित्र्याएको हो।
यस्तै बंगलादेशका स्टार अलराउण्ड शाकिब अल हसनलाई जमैका तलावाजले भित्र्याएको छ। उनि २०१९ मा बार्बेडोस ट्राइडेन्ट लिग विजेता बन्दा टिमको सदस्य रहेका थिए।
लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने ट्रिनबागो नाइट राइडर्सबाट खेल्दैछन्। यस अघि नेपाली स्पिनरले पछिल्लो तिनवटा सिजन फरक टिमबाट खेलेका थिए।
लिगमा सहभागी ६ वटा टिमले शुक्रबार हुने सिपिएल ड्राफ्टमार्फत खेलाडीहरु भित्र्याउदै टिम पुरा गर्नेछन्।प्रतियोगिता अगस्ट २८ देखि सेप्टेम्बर १९ तारिखसम्म आयोजना हुनेछ। कोभिड-१९ का कारण लिगको सम्पूर्ण खेलहरु सेन्ट किट्स एण्ड नेभिसमा खेलिनेछ।
धेरैले पढेको
https://wicketnepal.com/sandeep-england-yatra-kathin-bandai-wn21/
https://wicketnepal.com/test-championship-final-chaithau-din-wn21/
https://wicketnepal.com/sandeep-cpl-t20-wn21-tringabo/
https://wicketnepal.com/naseem-shah-psl-niskasit-wn21/
