टि-१० लिग : गेलको विकेट लिएका करनको महँगो ओभर, पुने पराजित

अबु धाबी टि-१० लिग अन्तर्गत आइतबारको पहिलो खेलमा टिम अबु धाबीले पुने डेभिल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। यस अघि दुवै खेलमा अबुधाबी पराजित भएको थियो। पहिलो खेल जितेको पुनेको यो लगातार दोश्रो हार हो।

पुनेले दिएको १३० रनको लक्ष्य टिम अबुधाबीले ५ विकेट गुमाएर ८.३ ओभरमा भेटायो। टिम अबुधाबीको ब्याटिंगमा जेमी ओभरटनले अविजित ३८ रन बनाउने क्रममा ११ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। जोए क्लार्कले २९ रन, पल स्टरलिंगले २३ रन तथा बेन डकेटले २० रन बनाए।

पुनेको बलिंगमा हार्दुस भिलजोएनले २ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन। करन केसी र एहमद राजाले समान १ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्दै पुनेले १० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो। पुनेका ओपनर टम कोहलरले सर्वाधिक ६१ रन बनाए। २१ बलमा अर्धशतक बनाएका उनले २५ बलमा ५ छक्का प्रहार गरे। यस्तै चाडविक वाल्टनए २३ तथा डेभोन थोमसले २१ रन बनाए। अबुधाबीको बलिंगमा ओबेद म्याकोयले २ ओभरमा मात्र ९ रन खर्चेर २ विकेट तथा रोहन मुस्तफाले १ विकेट लिए।

करनले लिए गेलको विकेट तर महँगो सावित 

खेलमा नेपाली फास्ट बलर करन केसीले टि-२० क्रिकेटका युनिभर्स बोस नामले समेत परिचित क्रिस गेलको विकेट लिएता पनि महँगो ओभर बलिंग गरे।

करनले चौथो ओभर बलिंग गर्ने क्रममा ९ रन बनाएर ब्याटिंग गरिरहेका गेललाई पहिलो बलमा बोल्ड गरेका थिए। करनको बल पुल गर्ने क्रममा ब्याटको भित्रि किनारा लागेर गेल बोल्ड भएका थिए। करन अघिल्लो २ खेलमा विकेटविहिन रहेका थिए।

गेलको विकेट लिएपछि भने ओभरमा करन महँगो सावित भए। त्यसपछि ओभरको दोश्रो बलमा वाइड दिएपछि लगत्तै बलमा लुक राइटले उनलाई चौका प्रहार गरे। त्यसपछिको बलअ राइटले १ रन लिए। त्यसपछिको लगातार ३ बलअ जोए क्लार्कले करनलाई ३ चौका प्रहार गरे।

ओभरमा करनले १८ रन खर्चिएर १ विकेट लिए।

यस अघि करनले पहिलो खेलमा डेक्कन ग्ल्याडीएटर्स बिरुद्ध १ ओभर बलिंग गर्दा १७ रन खर्चेर विकेटविहिन रहेका थिए। यस्तै दोश्रो खेलमा कलन्दर्स बिरुद्ध १ ओभरमा ९ रन खर्चेर विकेटविहिन रहेका थिए।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]