बागमती प्रदेश क्रिकेट संघद्वारा आयोजित चितवनमा जारि गौतम बुद्ध कप टि-२० प्रतियोगिताको दोश्रो खेलमा आइतबार ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती र बिनोद भण्डारी कप्तानीको राप्ती प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ११:३० बजे निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको नमुना क्रिकेट मैदानमा सुरु हुनेछ।
हिजो शनिवार सम्पन्न पहिलो खेलमा नारायणीसंग सुपर ओभरमा पराजित भएको बागमतीको लागि प्रतियोगिताको फाइनल पुग्न आजको खेल जित्ने पर्ने आवस्यकता रहेको छ। आज राप्ती विजयी भएको खण्डमा बागमती प्रतियोगिताबाट बाहिर हुनेछ। राप्ती विजयी भएको खण्डमा नारायणीसंग फाइनलमा भेट पक्का गर्नेछ।
ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती टिममा सोमपाल कामि, अनिल साह, राशिद खान, ललित राजबंशी, रोहित पौडेल, पवन सर्राफ, सुनिल धमला, बिक्रम सोब, प्रदिप एरि, भिम शार्की जस्ता राष्ट्रिय क्रिकेटरहरु रहेका छन्। स्टार खेलाडीहरु रहेता पनि नारायणीसंग पहिलो खेलमा टस हारेर ब्याटिंग गर्ने क्रममा बागमतीले ११७ रन मात्र बनाउन सकेको थियो। बलरहरुले राम्रो प्रदर्शन गर्दा नारायणीले पनि ११७ रननै बनाएको थियो। सुपर ओभरमा करन केसीले उत्कृस्ट ब्याटिंग गर्दै बागमती पराजित भएको थियो।
पहिलो खेलको खराब ब्याटिंग बिर्संदै बागमती दोश्रो खेलमा जित हात पर्दै फाइनल पुग्ने सम्भावना जीवित राख्न चाहन्छ। ओपनर सुनिल धमलाको लय टिमको लागि राम्रो पक्ष रहेता पनि कप्तान ज्ञानेन्द्र सहित रोहित, अनिल, पवन, प्रदिप जस्ता ब्याट्सम्यानहरुबाट राम्रो प्रदर्शनको अपेक्षा टिमले गरेको छ। बलिंगतर्फ सोमपाल सहित पेसर बिक्रम सोब तथा स्पिनरहरु सागर ढकाल, ललित राजबंशी र पवन सर्राफको प्रदर्शनबाट भने टिम खुसि छ।

अर्कोतर्फ बिनोद भण्डारी कप्तानीको राप्तीमा अविनाश बोहरा, शरद भेसावकर, आसिफ शेख, जितेन्द्र मुखिया, कुशल भुर्तेल, कमल ऐरी, सुर्य तामांग, हरि चौहान, सुमित महर्जन, लोकेश बम जस्ता खेलाडीहरु रहेका छन्।
कप्तान भण्डारी सहित शरद, अमित, आसिफ, कुशल, हरि, सुमित र लोकेश जस्ता ब्याट्सम्यानहरु ब्याटिंग लाइनअपमा छन्। योर्कर स्पेसलिस्ट अविनाशको नेतृत्वमा बलिंगतर्फ पेसतर्फ जितेन्द्र मुखिया, कमल ऐरी रहेका छन् भने स्पिनमा सुर्य तामांग र भुवन कार्की रहेका छन्। अनुभव र युवा खेलाडी मिश्रित राप्तिले बागमतीलाई चुनौती दिने क्षमता राख्छ।
चितवनमा पछिल्लो केहि दिन देखि घाम नलागेको र पिच सुक्न नपाएकोले पहिलो खेलमा जस्तै दोश्रो खेलमा पनि ब्याट्सम्यानहरुले खुलेर खेल्न संघर्ष गर्न सक्ने अनुमान गर्न सकिन्छ। पहिलो खेलको अनुभवले बागमतीलाई भने फाइदा पुग्नेछ। बागमती र नारायणी बीचको खेलमा पहिलो इनिंगको सुरुवाती ओभरहरुमा विकेट मुस्किल देखिएको थियो जसको तुलनामा खेल अघि बढ्दै गर्दा थोरै ब्याटिंग गर्न सहज भएको थियो। स्पिनरहरुले राम्रो टर्न प्राप्त गरिरहेको र बल रोकिएर आइरहेको हुँदा पिचको फाइदा उठाउन सकीरहेका छन्। तर बाउन्ड्री सानो हुँदा भने ब्याट्सम्यानहरुले राम्रो कनेक्ट नगरेको सट पनि बाउन्ड्री पार भैरहेको छ।
बागमती टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , सोमपाल कामि र अनिल साह, राशिद खान, ललित राजवंशी, सागर ढकाल, रोहित पौडेल, पवन सरार्फ, सुनिल धमला, बिक्रम सोब, प्रदीप ऐरी, भिम शार्की , आकाश थापा, संघर्ष पौडेल
राप्ती टिम : बिनोद भण्डारी (कप्तान), कुशल भुर्तेल, अविनाश बोहरा, कमल सिंह ऐरी, सुर्य तामाङ, भुवन कार्की, शरद भेषवाकर, लोकेश बम, आसिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान र स्वप्निल अधिकारी