गौतमबुद्ध कप : सुपर ओभरमा पुगेको रोमान्चक खेलमा नारायणीको जित

गौतम बुद्ध कप टि-ट्वान्टी प्रतियोगिता आजदेखि चितवनमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत शनिबार समपन्न उद्घाटन खेलमा सुबास खकुरेल कप्तानीको नारायणीले ज्ञानेन्द्र मल्ल कप्तानीको बागमतीलाई सुपर ओभरमा पराजित गर्दै विजयी सुरुवात गरेको छ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामाको नमुना मैदानमा सम्पन्न खेलमा बागमती र नारायणी दुवैले समान ११७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा नारायणीले जित दर्ता गर्यो।

के भएको थियो सुपर ओभरमा  

सुपर ओभरमा पहिले ब्याटिंग गरेको नारायणीले २५ रन बनाउदै बागमतीलाई २६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। सोमपाल कामीले गरेको बलिंगमा करण केसीले लगातार पहिलो ३ बलमा ३ छक्का तथा ओभरको अन्तिम बलमा पुनः छक्का हिर्काएका थिए।

जवाफी ब्याटिंगमा उत्रिएको बागमतीले पहिलो बलमा छक्का हिर्काउदै सानदार सुरुवात गर्यो। कप्तान ज्ञानेन्द्र मल्लले कारण केसीले गरेको बलिंगमा ३ छक्का हिर्काएता पनि टिमलाई जित दिलाउन सकेनन्।

बागमतीको ब्याटिंग 

११८ रनको लक्ष्य पाएको नारायणीले २० ओभरमा ९ विकेट गुमाएर ११७ रन बनाएको थियो।

नारायणीले ओपनरद्वय रित गौतमलाई ५ रनको व्यक्तिगत स्कोरमा गुमायो जसलाई सोमपाल कामीले बोल्ड गरे। कप्तान सुबास खकुरेल ८ बलमा ११ रन बनाएर सरार्फको बलिंगमा समातिए। नारायणीले ३.४ ओभरमा १८ रनको योगफलमा ओपनरद्वर रित र खकुरेललाई गुमाएको थियो। तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका इशान पाण्डेले  १४ बलमा १३ रन बनाए। उनलाई बिक्रम शोबले एलबीडब्ल्यु आउट पारे। खराब सुरुवात बाबजुद आरिफ शेखले ३५ बलमा ४४ रनको सम्हालिएको पारि खेले जुनक्रममा ४ छक्का र १ चौका हिर्काए। उनि  सोमपाल कामीले गरेको १९ औं ओभरमा सरार्फको हातबाट समातिए। सन्दिप जोराले २ तथा कारण केसीले ९ रन बनाए।

अन्तिममा सिद्धान्त लोहनीले १५ बलमा २० रन बनाउदै खेललाई सुपर ओभरतर्फ डोर्याए। राशिद खानले गरेको अन्तिम ओभरमा १० रन आवश्यक पर्दा लोहनीले पाचौं बलमा चौका हिर्काएका थिए भने अन्तिम बलमा ३ रन आवश्यक पर्दा २ रन बटुलेका थिए।

बागमतीको बलिंगतर्फ सोमपाल कामीले (४-१-२७-२) सर्वाधिक २ विकेट लिए भने सागर ढकाल, पवन सरार्फ, बिक्रम शोब, ललित राजबंसी र राशिद खानले समान १ विकेट लिए।

बागमतीको इनिंग्स

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाउदै नारायणीलाई ११८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि बिक्रम शोबले ३१ बलमा सर्वाधिक ३७ रन बनाएका थिए।

अत्यन्तै खराब सुरुवात गरेको बागमतीले दोस्रो ओभरमै कप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो। व्यक्तिगत ५ रनको स्कोरमा उनलाई किशोर महतोले क्याच आउट पारे। त्यसपछि ओपनर सुनिल धमलाले धैर्यतापूर्वक ब्याटिंग गरेता पनि अन्य ब्याट्सम्यानले लगातार रुपमा विकेट गुमाए। तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका रोहित पौडेल १ रन बनाएर कारण केसीको बलिंगमा महतोबाट समातिए। लगत्तै पवन सराफ पनि दिपेश श्रेष्ठको बलिंगमा १ रन बनाएर आउट भए। १३ रनको योगफलमै बागमतीले पहिलो ४ विकेट गुमाउन पुग्यो।

प्रदिप ऐरी र ओपनरद्वय सुनिल धमलाले चौथौ विकेटको लागि २८ रनको साझेदारी गर्दै बागमतीको पारि सम्हाले। १८ बलमा ४ रन बनाएर ऐरी शाहब आलमको बलिंगमा विकेटकिपर सुभास खकुरेलबाट समातिए। एक किनारबाट विकेट गएता पनि अर्को किनार सम्हालेका सुनिल धमलाले ३२ बलमा  ३७ रन बनाए जुनक्रममा ३ छक्का र २ चौका हिर्काए। अनिल शाह र सोमपाल कामि खाता नखोली आउट भए।

मुस्किल अवस्थामा आठौँ विकेटको लागि बिक्रम शोब र राशिद खानले ५९ रनको साझेदारी गर्दै बागमतीको योगफल १०० पार गराए। राशिद खान २२ बलमा २७ रन बनाएर अन्तिम ओभरमा आउट भए। शोबले कारण केसीले गरेको १८ औं ओभरको पाचौं बलमा छक्का तथा अन्तिम बलमा चौका हिर्काए। लगत्तै शोबले महतोले गरेको १९ औं ओभरको पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे। अविजित रहेका शोबले ३१ बलमा सर्वाधिक ३७ रन बनाए जुनक्रममा ३ छक्का र १ चौका हिर्काए।

नारायणीको बलिंगतर्फ शाहब आलमले (४-१-२३-३ ) सर्वाधिक ३ विकेट लिए भने दिपेश श्रेष्ठले (४-०-२६-२)  २ विकेट हात पारे। यस्तै, कारण केसी (४-०-२०-१ ), शुशान भारि (४-१-१०-१) र किशोर महतोले (४-०-३७-१) समान १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत मङ्सिर २८ गते (भोलि) बागमती र राप्तीबीच प्रतिस्पर्धा हुदैछ।

पारस खड्कालाई कोरोना देखिएपछि नारायणीको कप्तानी भूमिका सुभास खकुरेलले सम्हालेका थिए। मङ्सिर ३० गतेसम्म हुने प्रतियोगितामा तिन टिमको सहभागिता रहेको छ। जसमा बागमती, नारायणी र राप्ती टिमले एक अर्कासँग खेल्नेछन र शिर्ष २ टिमले फाइनल खेल्ने छन्। प्रतियोगिताको आयोजना बागमती प्रदेश क्रिकेट संघले गरेको हो।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]