गौतम बुद्ध कप : बागमतीद्वारा नारायणीलाई मध्यम लक्ष्य

गौतम बुद्ध कप टि-ट्वान्टी प्रतियोगिता आजदेखि चितवनमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत शनिबार जारि उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती र सुभास खकुरेल कप्तानीको नारायणी टिम प्रतिस्पर्धा गरिरहेका छन्।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाउदै नारायणीलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अत्यन्तै खराब सुरुवात गरेको बागमतीले दोस्रो ओभरमै कप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो। व्यक्तिगत ५ रनको स्कोरमा उनलाई किशोर महतोले क्याच आउट पारे। त्यसपछि ओपनर सुनिल धमलाले धैर्यतापूर्वक ब्याटिंग गरेता पनि अन्य ब्याट्सम्यानले लगातार रुपमा विकेट गुमाए। तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका रोहित पौडेल १ रन बनाएर कारण केसीको बलिंगमा महतोबाट समातिए। लगत्तै पवन सराफ पनि दिपेश श्रेष्ठको बलिंगमा १ रन बनाएर आउट भए। १३ रनको योगफलमै बागमतीले पहिलो ४ विकेट गुमाउन पुग्यो।

सुनिल धमला

प्रदिप ऐरी र ओपनरद्वय सुनिल धमलाले चौथौ विकेटको लागि २८ रनको साझेदारी गर्दै बागमतीको पारि सम्हाले। १८ बलमा ४ रन बनाएर एरि शाहब आलमको बलिंगमा विकेटकिपर सुभास खकुरेलबाट समातिए। एक किनारबाट विकेट गएता पनि अर्को किनार सम्हालेका सुनिल धमलाले ३२ बलमा  ३७ रन बनाए जुनक्रममा ३ छक्का र २ चौका हिर्काए। अनिल शाह र सोमपाल कामि पनि खाता नखोली आउट भए।

मुस्किल अवस्थामा आठौँ विकेटको लागि बिक्रम शोब र राशिद खानले ५९ रनको साझेदारी गर्दै बागमतीको योगफल १०० पार गराए। राशिद खान २२ बलमा २७ रन बनाएर अन्तिम ओभरमा आउट भए। शोबले कारण केसीले गरेको १८ औं ओभरको पाचौं बलमा छक्का तथा अन्तिम बलमा चौका हिर्काए। लगत्तै शोबले महतोले गरेको १९ औं ओभरमा पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे। अविजित रहेका शोबले ३१ बलमा सर्वाधिक ३७ रन बनाए जुनक्रममा ३ छक्का र १ चौका हिर्काए।

राशिद खान

नारायणीको बलिंगतर्फ शाहब आलमले (४-१-२३-३ ) सर्वाधिक ३ विकेट लिए भने दिपेश श्रेष्ठले (४-०-  २ विकेट हात पारे। यस्तै, कारण केसी (४-०-२०-१ ), शुशान भारि (४-१-१०-१) र किशोर महतोले (४-०-३७-१) समान १ विकेट लिए।

पारस खड्कालाई कोरोना देखिएपछि नारायणीको कप्तानी भूमिका सुभास खकुरेलले सम्हालेका छन्। मङ्सिर ३० गतेसम्म हुने प्रतियोगितामा तिन टिमको सहभागिता रहेको छ। जसमा बागमती, नारायणी र राप्ती टिमले एक अर्कासँग खेल्नेछन र शिर्ष २ टिमले फाइनल खेल्ने छन्। प्रतियोगिताको आयोजना बागमती प्रदेश क्रिकेट संघले गरेको हो।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]