गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आगामि वर्षको नीति तथा कार्यक्रममै समेटिनेछः खेलकुद मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यक्रम सरकारले गर्ने बताएका छन् । यसका लागि आगामि वर्षको बजेटमा नीति तथा कार्यक्रममै रंगशालालाई समेटिने उनको भनाई छ ।

आज (शनिबार) चितवनमा पहिलोपटक आयोजना गरिएको प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिता २०७८ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गहतराजले रंगशालालाई अलपत्र पर्न नदिने गरि सरकारले काम अघि बढाउने बताए । ‘तपाईहरुले अबको केहीदिनमै आगामि बजेटको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई समेटिएको खबर पाउनुहुनेछ’ मन्त्री गहतराजले भने ।

छोटो समयमा बन्न सक्ने परियोजनालाई तत्काल अघि बढाउने सरकारको नीति रहेकाले जग बसिसकेको अवस्थामा रहेको क्रिकेट रंगशाला सरकारको पहिलो प्राथमिकतामा रहेको उनको भनाई थियो । ‘गौतमबुद्ध क्रिकेट रंगशालालाई अलपत्र पर्न दिनेछैनौं, यसलाई बनाएरै छोड्छौं, यो बन्ने बित्तिकै चितवन पर्यापर्यटन मात्र नभई खेलकुद पर्यटनको रुपमा विकास हुन्छ’–मन्त्री गहतराजले भने ।

उनले गौतमबुद्ध क्रिकेट रंगशालालाई कसरी समयमै सम्पन्न गर्ने भनेर दैनिक जसो दिनको दुई/तिन पटक छलफल गर्ने गरेको स्मरण गराउँदै भने–‘नयाँ भन्दा बिग्रिएकालेलाई फेरि बनाउन समस्या हुँदो रहेछ तर सपारेरै छाड्ने अठोट छ ।’

उनले चितवन खेलकुद पर्यटनको राम्रो संभावना बोकेको जिल्ला रहेको भन्दै आफू खेलकुद मन्त्री रहुन्जेल यहाँको विकासका लागि हरतवरले सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए । ‘चितवनबासीले रंगशाला अलपत्र पर्छ भनेर नसोच्नुहोला, खेलकुद क्षेत्रमा रहुन्जेल मैले सक्रिय भएर काम गर्नेछु’–मन्त्री गहतराजले भने । उनले संघीय राजधानी र प्रदेश राजधानीसंग नजिक रहनुको साथै पूर्वपश्चिम राजमार्गसंग जोडिएको जिल्ला र पर्यापर्यटनको पहिलो गन्तव्य भएकाले चितवनमा खेलकुद पर्यटनको पनि राम्रो संभावना रहेको बताए । मन्त्री गहतराजले भरतपुर महानगरपालिका सधै चर्चाको शिखरमा रहने गरेको भन्दै खेलकुदको क्षेत्रमा मेयर रेनु दाहालको सक्रियताको खुलेर प्रशंसा गरे ।

यस्तै मन्त्री गहतराजले नेपालमा ठूलाठूला अन्तर्राष्ट्रिय खेलकुद पूर्वाधार नभएकै कारणले ठूला–ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न असमर्थ भएको बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ठूला–ठूला पूर्वाधारहरुको खाँचो रहन्छ, तर हामीसंग त्यसखालका पूर्वाधार छैनन्, जसले गर्दा ठूला ठूला प्रतियोगिता आयोजनाका लागि नेपाल सरकार दावी गर्न सकिरहेको छैन् ।’–उनले भने । मन्त्री गहतराजले सबैखालका खेलकुदका लागि नेपाल उत्तम भूमि रहेको भन्दै अब पूर्वाधार निर्माणमै सरकारले जोड दिने बताए । उनले विकसित देशहरुले खेलकुदलाई पर्यटन, आर्थिक उपार्जनको थलो र उद्योगको रुपमा लिएकाले नेपालले पनि त्यही अनुसार खेलकुदलाई अघि बढाउँदै लैजानुपर्ने बताए ।

( साभार – नारायणीअनलाइन )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]