गौतमबुद्ध रङ्गशाला निर्माणमा ललितपुर महानगरको सहयोग

काठमाडौँ, ७ फागुन

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।

सो अवसरमा फाउण्डेसनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिरिस्थतिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताउनुभयो । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न स्थानीय सरकारहरुबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताउनुभयो । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि उर्जा थपिएको पनि उहाँले बताउनुभयो ।

रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुशि लागेको पनि फाउण्डेसनका अध्यक्ष धुर्मुसले बताउनुभयो । यसै आर्थिक वर्ष भित्र ३ हजार क्षमताको प्याराफिट सहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको उहाँले बताउनुभयो ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]