गौतम बुद्ध रंगशालामा दुबो रोप्न सुरु ( फोटो फिचर )

चितवनको भरतपुरस्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मुख्य मैदानमा दुबो रोप्न सुरु गरिएको छ ।

आज (बुधबार) भूमी पूजा गरी दुबो रोप्ने काम सुरु गरिएको रंगशाला निर्माण रहेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले नारायणी अनलाइनलाई जानकारी दिए । अध्यक्ष धुर्मुससंगै उपाध्यक्ष गुञ्जना घिमिरे ‘सुन्तली’ भूमि पूजामा सरिक थिइन् । ‘हाम्रो आज महत्वपूर्ण दिन हो, मुख्य मैदानमा दुबो रोप्ने कामको थालनी भएको छ’ अध्यक्ष धुर्मुसले भने ‘अब केही महिनामै मुख्य मैदान खेल्न योग्य हुने छ ।’

मुख्य मैदानमा माटो सम्याउने काम सकिएपछि दुबो रोप्न सुरु गरिएको हो । अब केही महिनापछि मैदान खेल्न योग्य हुनेछ । रंगशालामा अहिले ३ हजार क्षमताको प्याराफिट निर्माण भइसकेको छ । अन्य प्याराफिट निर्माणको काम द्रुत गतिमा भइरहेको छ । अहिले दुई वटा भिआइपी टावर मध्ये टावर–१ को फुटिङको डन्डी बिछ्याउने काम भइरहेको फाउण्डेशनका अध्यक्ष धुर्मुसले जानकारी दिए ।

करिव ३ अर्ब अनुमानित लागतको यस परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको छ । कोरोना माहामारीका बेलामा पनि रंगशाला निर्माणको काम निरन्तर भइरहेको छ । ‘अहिले सुरक्षित रुपमा कामदारहरुलाई रंगशाला निर्माणमा खटाएका छौँ, भित्र अरुलाई प्रवेश निषेध गरेका छौं, कामदारहरुलाई बाहिर निस्कन पनि बन्देज गरेका छौँ’–अध्यक्ष धुर्मुसले भने ।
अहिले रंगशालाको ३ सय ६० वटा पिलरमध्ये सबै पिलर ठड्याइसकिएको छ । ( साभार – नारायणीअनलाइन )

हेर्नुस फोटोहरु 

 

सम्बन्धित 

https://wicketnepal.com/hamro-rangashala-mero-kursi-abhiyan-ghoshana-wn21/

https://wicketnepal.com/bcci-lai-samay-sima-tokyo-icc-wn21/

https://wicketnepal.com/cpl-2021-draft-pachi-kun-team-kasto/

https://wicketnepal.com/wtc-final-new-rules-wn21/

https://wicketnepal.com/karan-kc-9-best-bowling-spell/





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]