“मैले सन्यास लिएको छैन” गेलले बताए अन्तिम इच्छा

टि-ट्वान्टी विश्वकप २०२१ मा अस्ट्रेलियासंग अन्तिम खेल खेलेपछि धेरैले ड्वेन ब्राभोसंगै क्रिस गेलले पनि देशको लागि अन्तिम खेल खेलेको अनुमान गरेका थिए। ब्राभोले अगाडीनै अस्ट्रेलियासंगको खेल अन्तिम हुने बताएका थिए। क्रिस गेलले भने सबै हल्लाहरुलाई गलत भएको बताउदै आफ्नो सन्यास योजना बताएका छन्।

अस्ट्रेलियासंग खेल पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को फेसबुक लाइभ च्याटमा अन्तर्वार्ताको क्रममा गेलले आफ्नो घरेलु दर्शकको अगाडी जमैकामा अन्तिम खेल खेल्ने इच्छा व्यक्त गरेका छन् भने आफ्नो व्यक्तिगत पाटोहरु समेत खोलेका छन्। “मैले सन्यास घोषणा गरेको छैन तर मलाई मौका दिए जमैकामा मेरो घरेलु दर्शकहरुको अगाडी अन्तिम खेल्दै सबैलाई धन्यवाद भन्न चाहन्छु।” गेलले बताए। “हेरौं के हुन्छ, त्यसो नभए म सन्यास घोषणा गर्छु।”

गेलले अस्ट्रेलियासंगको खेलमा सक्दो रमाउन खोजेको बताए – “म आज रमाइलो गरिरहेको थिएँ। सबै कुरालाई छेउमा राखेर म स्ट्यान्डमा भएका दर्शकहरुसंग कुराकानी गरिरहेको थिएँ र यो मेरो विश्वकपको अन्तिम खेलको आनन्द लिईरहेको थिएँ।” खेलमा उनले १५ रन बनाए भने १ विकेट समेत लिए।

अस्ट्रेलियासंग खेलमा आउट भएपछि गेलले ब्याट र हेल्मेट उठाउदै दर्शकलाई गरेको अविभादन

“म ४२ वर्षको भएँ र अझै बलियो छु। मेरो करियर शानदार छ। कैयौं पटक तल माथि भएका छन् तर मैले वेस्टइन्डिज क्रिकेटको लागि आँसु बगाएको छु, म अझै पनि वेस्टइन्डिजको लागि ब्याटिंग गरिरहेको छु। वेस्टइन्डिजको प्रतिनिधित्व गर्न पाउनु हर्षको कुरा हो। म वेस्टइन्डिजको लागि सधैं उर्जावान हुन्छु। खेल हार्दा पक्कै दुख लाग्छ किनकि म मनोरञ्जन दिने मान्छे हो र फ्यानहरुको खुसि मेरो लागि निकै महत्वपूर्ण छ। जब म मनोरञ्जन दिन सक्दिन त्यसले मलाई निकै दुखि बनाउछ। त्यो कुरा देख्नु हुन्न र म देखाउदीन पनि तर म भित्र भित्रै फ्यानहरुको लागि दुखि हुन्छु र विशेष गरि यो विश्वकपको लागि समेत।”

गेलले आफुले पर्दा पछाडी निकै मेहनत गर्ने जसलाई मानिसहरुले याद नगर्ने बताए – “म कडा मेहनत गर्छु। धेरै मानिसहरुले मैले गरेको कठिन मेहनत देख्दैनन् तर म एकान्तमा मेहनत गर्छु। म प्रतिभा हो र यसको बुद्धिमानीपूर्वक प्रयोग गर्न चाहन्छु। म शुन्यबाट कहीं पुगेको हुँ”

“म संग केहि पनि थिएन। मसंग सानो हुँदा भोग विलास थिएन र त्यही कुराले मलाई प्रेरणा प्रदान गर्थ्यो। करियर सुरु गर्दा मैले भने म तपाईलाई घर दिलाउछु। जब म पहिलो पटक पैसा कमाउछु म कार किन्नेछु। ति कुराहरु त्यस्ता थिए जसले तपाईलाई मेहनत गर्न प्रेरित गर्छ। मेरो मानसिक शक्तिका कारण मैले २० वर्ष वेस्टइन्डिज र विश्वभर खेल्न सकें”

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy