स्कटल्याण्डका जर्ज मुन्सेको २५ बलमा शतक, टि२० क्रिकेटमा ३२६ को योगफल

  • विकेटनेपाल, बैशाख १० – मंगलबार

स्कटल्याण्डका ब्याट्सम्यान जर्ज मुन्सेले इंग्ल्याण्डमा भएको एक टि२० खेलमा २५ बलमा शतक पुरा गरेका छन्। उनको आक्रामक शतक सँगै उनको टिमले २० ओभरमा ३२६ रनको बिशाल योगफल तयार पारेको थियो।

आइतबार सम्पन्न ग्लोस्टरसायर सेकेन्ड-११ र बाथ सेकेन्ड-११ बिचको टि-२० खेलमा मुन्सेले आश्चर्यजनक पारि खेलेका हुन्। यो खेलले आइसीसीको टि२० मान्यता भने पाएको थिएन।

खेलमा पहिले ब्याटिंग गर्ने निर्णय गरेको ग्लोस्टरसायर सेकेन्ड-११ ले निर्धारित २० ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३२६ रन बनाएको थियो। उसका ओपनर जर्ज मुन्से र जर्ज विल्लोजले पहिलो विकेटको लागि मात्र ११.२ ओभरमा २२१ रनको साझेदारी गरेका थिए।

पहिलो विकेटको रुपमा आउट हुनुपुर्व २५ बलमा शतक पुरा गरेका मुन्सेले १४७ रन बनाए। ३९ बलको सामना गरेका उनले ५ चौका तथा २० छक्का प्रहार गर्न मात्र ४९ मिनेट लगाए।

अर्को तर्फ विल्लोजले पनि शतक बनाए। उनले ११५ रन बनाउँदा ५९ बलमा १४ चौका र ५ छक्का हिर्काए। त्यस्तै टम प्रिन्सले आक्रामक ५० रन को पारि खेल्दै रन आउट हुँदा २३ बलमा २ चौका र ५ छक्का हाने।

जवाफमा ३२७ रनको बिशाल लक्ष्य पछ्याएको बाथ सेकेन्ड-११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनायो। उसका कप्तान माउन्टले ९० रनको पारि खेलेका थिए। ३६ बलको सामना गरेका उनले ११ चौका र ६ छक्का हाने।

बाथलाई रोक्न ग्लोस्टरसायरका  इमराम मरूफले ४ विकेट लिए। उनले ४ ओभरमा ३३ रन खर्चिएका थिए।

ग्लोस्टरसायरले खेल ११२ रनले आफ्नो पक्षमा पार्यो।

(खेलको स्कोरकार्डको लागि यहाँ क्लिक गर्नुहोला)





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]