गम्भिर भारतीय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

२०८१ असार २६, मंगलवार २१:१३

काठमाडौं । गौतम गम्भीर भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले गम्भीरलाई नियुक्त गरिएको जानकारी दिएको हाे ।

गम्भीरको नाम घोषणा गर्दै बीसीसीआईका सचिव जय शाहले भने, ‘भारतको मुख्य प्रशिक्षकका रूपमा गम्भीरको नाम घोषणा गर्न पाउँदा म निकै खुसी छु । म उनलाई टोलीको मुख्य प्रशिक्षकको रूपमा स्वागत गर्दछु।’

गम्भीरले राहुल द्रविडको स्थान लिनेछन्। आइसिसी टी–२० विश्वकप जितेसँगै द्रविडको कार्यकाल समाप्त भएको थियो। गम्भीर तीनवटै ढाँचामा प्रशिक्षक नियुक्त भएका हुन्।

२००७ मा टी-२० र २०११ मा एकदिवसीय विश्वकप भारतले जित्दा गम्भिर टोलीका महत्वपूर्ण सदस्य रहेका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy