गम्भिर भारतीय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । गौतम गम्भीर भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले गम्भीरलाई नियुक्त गरिएको जानकारी दिएको हाे ।

गम्भीरको नाम घोषणा गर्दै बीसीसीआईका सचिव जय शाहले भने, ‘भारतको मुख्य प्रशिक्षकका रूपमा गम्भीरको नाम घोषणा गर्न पाउँदा म निकै खुसी छु । म उनलाई टोलीको मुख्य प्रशिक्षकको रूपमा स्वागत गर्दछु।’

गम्भीरले राहुल द्रविडको स्थान लिनेछन्। आइसिसी टी–२० विश्वकप जितेसँगै द्रविडको कार्यकाल समाप्त भएको थियो। गम्भीर तीनवटै ढाँचामा प्रशिक्षक नियुक्त भएका हुन्।

२००७ मा टी-२० र २०११ मा एकदिवसीय विश्वकप भारतले जित्दा गम्भिर टोलीका महत्वपूर्ण सदस्य रहेका थिए ।





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]