सिरिज खेल्न ग्रेट हिमालय एकेडेमी बंगलादेश जाने

  • विकेटनेपाल – असोज १९ 

काठमाडौँको वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी क्रिकेट टिम मैत्रीपूर्ण सिरिजमा सहभागी हुन शनिबार बंगलादेश प्रस्थान गर्ने भएको छ। शुक्रबार सहभागी हुने टिमलाई एकेडेमीले बिदाई तथा सुभकामना कार्यक्रम आयोजना गर्यो।

यस अघि पनि ३ पटक बंगलादेश भ्रमण गरिसकेको एकेडेमीले यो पटकको भ्रमणमा असोज २० देखि २६ गतेसम्म ४ वटा टि-२० खेल खेल्ने कार्यक्रम रहेको छ।

ढाका २ वटा र कक्सेस बजारमा २ वटा खेल  संचालन हुनेछ जसमा ढाकाको बंगलादेश क्लब क्रिकेट एकेडेमी, स्मार्ट कोचिङ्ग एकेडेमी र कक्सेस बजार क्रिकेट एकेडेमीसंग हिमालयले खेल्नेछ।

यस अघि युनाईटेड अरब इमिरेट्स ( युएई ) , भारत र बंगलादेशको भ्रमण गरिसकेको एकेडेमिको यो भ्रमणले १७ बर्ष मुनि क्रिकेटर उत्पादन गर्न सहयोग पुग्ने ग्रेट हिमालयका संचालक सुदिप शर्माले बताउनु भयो- “यु-१७ उमेर समुहका खेलाडिहरुलाई अन्तराष्ट्रिय स्तरको खेलमा समावेश गराई भोलिका दिनमा माथिल्लो स्तरको क्रिकेट खेल्नको लागि यस्ता भ्रमणले तयार गर्ने हामिले विश्वास लिएका छौ।”

सिरिज खेल्न एकेडेमीका १३ खेलाडी र ३ अफिसियलको टिम बंगलादेश शनिबार प्रस्थान गर्नेछ।

खेलाडीहरुलाई ट्रेन्डवे स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेड र पोखरा पल्टन टिमका अध्यक्ष विनायक पोखरेल तथा सीजी फुड नेपालका एजीएम लालबाबु प्रसादले बिदाई गर्नु भएको थियो।

सहभागी हुने खेलाडी तथा असिसियलहरु :-  बिशांक सुबेदी ( कप्तान ) , मनिष सिंह , आदित सुबेदी, आर्जन सिम्खडा, आकाश पौडेल, स्रेहान शर्मा, अक्षित नेपाल, नितेश बिस्ट, राज बर्मा, प्रिसियस थापा, आदित्य सुबेदी, परिक्षित ढकाल, एकनाथ नेपाल, कैलाश बिस्ट ( टिम लिडर ) , पुरुषोत्तम झा ( प्रशिक्षक ) , बिके प्रसाद ( ब्यबस्थापक )

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]