आयोजक ग्रेट हिमालयलाई दुई दिवसीय लिगको उपाधि, सुर्य तामांग प्रतियोगिताकै उत्कृस्ट

काठमाडौं । दोस्रो संस्करणको अर्किड हिमालय क्रिकेट लिग ( एचसिएल ) यु -१९ दुईदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी ( जिएचसिए ) ले उचालेको छ ।

सोमबार प्रतियोगिताको फाइनल खेलमा काठमाडौं क्रिकेट ट्रेडिङ सेन्टर ( केसीटिसी) लाई १ विकेटले पराजित गर्दै ग्रेट हिमालय प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलमा केसीटिसीले प्रस्तुत गरेको १ सय १५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको ग्रेट हिमालयले उक्त चुनौतीलाई ५६.५ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको थियो । स्कोरकार्ड हेर्नुस 

टिमलाई प्रतियोगिताको च्याम्पियन बनाउँने क्रममा ब्याटिङतर्फ दोस्रो ईनिङमा आयुश बस्नेतले सर्वाधिक २४ रनको योगदान गरेका थिए । अभिषेक बस्नेतले १९ रन , रासिद खानले १८ रन , सङ्गीत बुढाथोकीले १६ र टिमलाई अन्तिममा जिताउँन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रशान्त सिंहले अविजित रह्दै १६ रनको योगदान गरेका थिए ।

बलिङतर्फ केसीटिसीका तिलक भण्डारीले एक्लैले ६ विकेट लिए भने सुर्य तामाङ २ र विपिन आचार्यले १ विकेट लिएका थिए ।

यसअघि आईतबार फाइनलको पहिलो दिन मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केसीटिसी २४.३ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो ।

ब्याटिङका केसीटिसीका विबेक राना मगरले सर्वाधिक १८ तथा सचिन लखाह १४ रन र निर्भीकले १३ रन बनाएका थिए ।

बलिङतर्फ ग्रेट हिमालयका अरियो पौडेलले ३ तथा सोनु देवकोटा , मोहम्मद हुसेन र विबेक यादवले समान २/२ विकेट लिएका थिए । भने रासिद खानले १ विकेट हात पारेका थिए ।

त्यसपछि आफ्नो पहिलो ईनिङ सुरु गरेको ग्रेट हिमालय पनि सस्तैमा समिटिने क्रममा २९.४ ओभरमा अलआउट हुँदै ग्रेट हिमालयले मात्र ६२ रन बनायो ।

उसका लागि ओपनर ब्याट्सम्यान आयुशमान बमले १३ रन र सोनु देवकोटाले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

बलिङतर्फ केसीटिसीका सुर्य तामाङ एक्कैले ७ विकेट लिए भने तिलक भण्डारीले पनि ३ विकेट लिएका थिए ।

पहिलो ईनिङको समाप्ती पछि दोस्रो ईनिङमा केसीटिसीले २८ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९६ रन जोड्यो । र ग्रेट हिमालयलाई खेल जित्नका लागि १ सय १५ रनको विजयी लक्ष्य प्रस्तुत गर्यो । र सोमबार ग्रेट हिमालयले त्यसलाई १ विकेट बाँकी रहदै पूरा गर्दै प्रतियोगिताको च्याम्पियन बन्यो ।

दोस्रो ईनिङमा केसीटिसीका राहुल भण्डारीले २७ तथा विपिन आचार्यले १७ रन बनाएका थिए ।

बलिङतर्फ ग्रेट हिमालयका रासिद खान एक्कैले ५ विकेट लिए भने अरियो पौडेलले ४ र सोनु देवकोटाले १ विकेट हात पारे ।

उपाधिसँगै वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले नगद १ लाख ५० हजार प्राप्त गर्यो भने उप – विजेता केसीटिसीले नगद ७५ हजार प्राप्त गर्यो ।

यता प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी केसीटिसीका सुर्य तामाङ घोषित भए । उनले नगद २५ हजार प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ग्रेट हिमालयका आसिफ शेख घोषित हुँदा उत्कृष्ट बलर केसीटिसीका तिलक भण्डारी चयन भए भने ग्रेट हिमालयका अरियो पौडेल उदायमान खेलाडी घोषित भए ।

उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही समान १०/१० हजार नगद प्राप्त गर्दा उदायमान खेलाडी अरियोले आकर्षक पुरस्कार सामाग्री प्राप्त गरे ।

हिमालय क्रिकेट म्यानेजमेन्टको आयोजनामा भएको नेपालको पहिलो यु-१९ दुईदिवसीय क्रिकेट प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]