एसिया कप : सदस्य सचिव घिसिङ र पूर्वकप्तान क्षेत्री श्रीलङ्का प्रस्थान
, २०८० भाद्र १७, आईतवार १९:५६
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्री आइतबार श्रीलङ्का प्रस्थान गरेका छन् ।
एसिया कपमा सहभागी नेपाली क्रिकेट टोलीको हौसला बढाउन सदस्य सचिव घिसिङ श्रीलङ्का प्रस्थान गरेका हुन्।
एसिया कपको समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार भारतसँग खेल्दैछ ।
सदस्य सचिव घिसिङलाई राखेपका निमित्त सदस्य सचिव अञ्जन धमला, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद विकास विभागका प्रमुख मीनकुमार शर्मा र सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
थप समाचार
Editor's Choice
पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा
काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]
समाचार
टिएनपीएल सेप्टेम्बरमा हुने
काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]
एसीसी वमेन्स एसिया कप २०२४
महिला एसिया कप : सेमिफाइनल खेलहरु आज
काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]
अन्तर्राष्ट्रिय क्रिकेट
तुषाराले भारतसँगको सिरिज गुमाउने
काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]