राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्री आइतबार श्रीलङ्का प्रस्थान गरेका छन् ।
एसिया कपमा सहभागी नेपाली क्रिकेट टोलीको हौसला बढाउन सदस्य सचिव घिसिङ श्रीलङ्का प्रस्थान गरेका हुन्।
एसिया कपको समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार भारतसँग खेल्दैछ ।
सदस्य सचिव घिसिङलाई राखेपका निमित्त सदस्य सचिव अञ्जन धमला, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद विकास विभागका प्रमुख मीनकुमार शर्मा र सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
