ग्लोबल टि-२० लिग आज सुरु हुँदै, सोमपाल र सन्दिपले सुरुवाती खेल गुमाउने

ग्लोबल टि-२० लिग क्यानडाको दोश्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा नेपालका सन्दीप लामिछाने रहेको टोरोन्टो नेसनलले भान्कोभर नाइट्सको सामना गर्नेछ। टोरोन्टोको कप्तान युवराज सिंह तथा भान्कोभरको क्रिस गेल रहेका छन्। खेल नेपाली समय अनुसार १०:१५ बजे देखि हुनेछ।

६ टिमहरु सहभागी प्रतियोगिता अन्तर्गत यसअघि छैठौं टिमको रुपमा रहेको वेस्ट इन्डिज ‘बि’ टिमको स्थानमा ब्रम्पटन उल्भ्सलाई समाबेश गरिएको छ।  अन्य ५ टिमहरु एडमन्टन रोयल्स, मोन्ट्रेरियल टाइगर्स, टोरोन्टो नेश्नल्स, भान्कोभर नाइट्स र विन्नीपेग हक्स भने यथावत रहेका छन्।

टोरोन्टो नेश्नलमा सन्दीपका सहपाठीको रुपमा न्युजिल्यान्डका पुर्वकप्तान ब्रेण्डन म्याकलम र भारतका विस्फोटक ब्याट्सम्यान युवराज सिंह रहेका छन् भने भान्कोभर नाइट्समा क्रिस गेल, आन्द्रे रसेल र शोएब मल्लिख जस्ता खेलाडी रहेका छन्। राउण्ड रोबिन र प्ले अफ चरणमा आयोजना हुने प्रतियोगिताको गत संस्करणको उपाधि गेल कप्तानीको भान्कोभर नाइट्सले जितेको थियो।

प्रतियोगिताको तालिका:

सोमपाल र सन्दीपले सुरुवाती खेल गुमाउने

ग्लोबल टि२० क्यानडाको ड्राफ्टबाट पहिलोपल्ट ग्लोबल लिग खेल्नका लागि छनोट भएका नेपालका तिब्र गति बलर सोमपाल कामि र अघिल्लो संस्करणमा समेत सहभागी भैसकेका सन्दीप लामिछानेले प्रतियोगिताका सुरुवाती खेल गुमाउने भएका हुन्।

सन्दीपलाई टोरोन्टो नेशनलले आधार मुल्य ६०,००० डलर तथा सोमपाललाई विन्नीपेग हक्सले आधार मूल्य ३,००० डलरमा ड्राफ्ट मार्फत अनुबन्धित गरेका थिए। गत वर्ष सन्दिप मोन्टरियल टाइगर्स टिमबाट खेलेका थिए जुन क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। त्यो सिजन सन्दिपको टिमले २ खेल मात्र जित्दा प्लेअफ चरण पुग्न असफल रहेको थियो।

दुवै खेलाडी सन् २०२० को अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको रोड-म्यापको रुपमा रहेको टि-२० विश्वकप एसिया छनोट (फाइनल) प्रतियोगिताको लागि सिंगापुरमा रहेका छन्। नेपालले २८ तारिखमा प्रतियोगिता अन्तर्गतको आफ्नो अन्तिम खेल खेल्नेछ जसपछि दुवै खेलाडी क्यानडा प्रस्थान गर्नेछन्।

नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराए अनुसार उनीहरु जुलाई २८ तारिख राति अथवा २९ तारिखको बिहान क्यानडा प्रस्थान गर्ने छन्।

Sandeep Lamichhane , Sompal Kami
Sandeep Lamichhane , Sompal Kami

संयोगले जुलाई २९ तारिखमा सन्दिप र सोमपालको टिम आमने-सामने हुनेछन्। त्यो दिन खेल नेपाली समय रातको १०:१५ बजे खेलिनेछ। उक्त खेल्ने खेल्न भ्याउने नभ्याउने भने प्रतीक्षाको विषय हुनेछ। त्यसपछि विन्नीपेगको अर्को खेल अगस्ट-१ मा तथा टोरोन्टोको अर्को खेल अगस्ट -३ मा रहेको छ।

कुन टिममा को-को खेलाडी छन् 

Toronto Nationals –  Yuvraj Singh ( c ) , Chirag Suri, Ravinderpal Singh, Salman Nazar, Rodrigo Thomas, Kieron Pollard, Calum MacLeod, Chris Green,  Jasdeep Singh, Brendon McCullum, Heinrich Klaasen, Ghulam Shabber, Trent Boult, Manpreet Gony, Sandeep Lamichhane, Jeremy Gordon, Mark Montfort.

Montreal Tigers :  George Bailey, Kyle Coetzer, Arslan Khan, Ashtan Deosammy, Isuru Udana, Thisara Perera, Keemo Paul, Mohammad Naveed, Nizakat Khan, Nikhil Dutta, Niroshan Dickwella, Matthew Cross, Sunil Narine, Fawad Ahmed, Steven Taylor, Dillon Heyliger.

Edmonton Royals : Kane Williamson, Faf du Plessis, Akash Gill, Sherfane Rutherford, James Neesham, Richie Berrington, Navneet Dhaliwal, Ben Cutting, Mohammad Nawaz, Shadab Khan, Anshuman Rath, Davy Jacobs, Safyaan Sharif, Ehsan Nawaz, Satsimranjit Dhindsa, Shahid Ahmadzai, Kyle Phillip.

Vancouver Knights :  Chris Gayle, Rassie van der Dussen, Rizwan Cheema, Shoaib Malik, Hayden Walsh, Andre Russell, Daniel Sams, JJ Smit, Chadwick Walton, Tobias Visee, Tim Southee, Michael Rippon, Ali Khan, Saad Bin Zafar, Rayyan Pathan, Harsh Thaker.

Brampton Wolves :  Lendl Simmons, Andre Fletcher, Babar Hayat, George Munsey, Nitish Kumar, Abraash Khan, Armaan Kapoor, Daren Sammy, Shakib Al Hasan, Colin Munro, Rohan Mustafa, Shahid Afridi, Timil Patel, Wahab Riaz, Zahoor Khan, Faisal Jamkhandi

Winnipeg Hawks  : Chris Lynn, Umar Akmal, Najibullah Zadran, Rameez Shahzad, Shaiman Anwar, Sunny Sohal, Varun Sehdev, Dwayne Bravo, JP Duminy, Dwayne Smith, Rayad Emrit, Hamza Tariq, Paul van Meekeren, Sompal Kami, Umair Ghani, Kaleem Sana, Romesh Eranga.





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]