ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्स पराजित, सन्दिपको निराशाजनक प्रदर्शन

  • विकेटनेपाल – १७ असार, आइतवार

क्यानडामा जारि ग्लोबल टि-२० लिगमा सन्दिप लामिछाने सम्मिलित टोलि मोन्टरियल टाइगर्सले लगातार दोस्रो हार बेहोरेको छ। आफ्नो दोस्रो खेलमा टाइगर्सले क्रिकेट विन्डीज बि संग २ विकेटको हार बेहोरेको हो।

किंग सिटिमा शनिवार सम्पन्न खेलमा टस जित्दै ब्याटिंगमा उत्रिएको टाइगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो। उसको इनिंगमा सिकन्दर राजाले ४७ तथा सुनिल नारायणले २८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। ओपनर ब्याट्सम्यानद्वय नारायण र ड्वेन स्मिथले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरेपनि बिचका ओभरमा लगातार विकेट गुमाउँदा कुनै समय टाइगर्स ९२/४ को अवस्थामा आइपुगेको थियो। टाइगर्सको इनिंग सम्हाल्ने क्रममा राजाले मात्र ३७ बलमा ३ चौका र २ छक्का सहित ४७ रन जोडेका थिए। क्रिकेट विन्डीज बि को बलिंग तर्फ ओबेड मक्कोए र जेरिमियाह लोउइसले समान ३-३ विकेट लिएका थिए।

निकोलस पुरन

जवाफमा १८४ रनको बिजय लक्ष्य लिएर मैदान उत्रिएको विन्डीज बि टोलीले खेल सकिन ५ बल अगावै ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। उसको जितमा म्यान अफ दि म्याच निकोलस पुरनले ५८ तथा ब्रेन्डन किंगले ५६ रन जोडेका थिए। यस्तै समर स्प्रिंगरले समेत २७ रनको महत्वपूर्ण योगदान गरे। टाइगर्सको बलिंग तर्फ पिटर सिडल र लासिथ मलिंगाले समान २-२ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

सन्दिपको खराब प्रदर्शन :

Sandeep Lamichhane
Sandeep Lamichhane

ग्लोबल टि-२० लिग अन्तर्गत मोन्टरियल टाइगर्सको पहिलो खेल गुमाएका सन्दिपले शनिवारको खेलमा भने अपेक्षा अनुरुप प्रदर्शन गर्न सकेनन्। महँगो साबित भएका उनले आफ्नो ४ ओभरको स्पेलमा १ विकेट लिन ५७ रन खर्चिए।

९ नम्बरमा ब्याटिंग गर्न उत्रिएका जेरिमियाह लोउइसलाई एल बि डब्लु धरापमा पार्दै एक विकेट लिएपनि अन्य बलरको तुलना सन्दिप महँगो साबित भए। आफ्नो स्पेलको अधिकांश समय निकोलस पुरन र ब्रेन्डन किंगलाई बलिंग गरेका उनले पहिलो ओभरमा नै २१ रन खर्चिएका थिए। यस्तै दोस्रो ओभरमा १० रन, तेस्रो ओभरमा २५ रन तथा चौथो ओभरमा भने सन्दिपले १ विकेट लिंदै १ रन मात्र खर्चिएका थिए।

सन्दिपलाई ग्लोबल टि-२० लिगको टोलि मोन्टरियल टाइगर्सले ड्राफ्टको छैठौं चरणमा चयन गरेको थियो।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]