उमर अकमल भए सन्दिपको शिकार, विन्नीपेग बिरुद्ध सन्दिपको उत्कृस्ट बलिंग

ग्लोबल टि-२० लिग अन्तर्गत इलिमीनेटर खेलमा विन्नीपेग बिरुद्ध खेल्ने क्रममा नेपाली स्पिनर सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरेका छन्। सोमपाल कामिलाई भने टिमले अन्तिम-११ मा मौका दिएन।

जारी खेलमा पहिले ब्याटिंग गर्दै टोरोन्टोले २० ओभरमा ५ विकेट गुमाएर २३८ रन बनाएको थियो। हेनरिच क्लासेनले ४९ बलमा ११ चौका र ५ छक्का मदतले अविजित १०६ रन बनाएका थिए भने रोडरिगो थोमसले ७३ रन ( ४० बलमा ७ चौका र ५ छक्का ) बनाए।

लक्ष्य पछ्याउने सन्दिप लामिछानेले राम्रो बलिंग गर्दै २ विकेट लिएका छन्। ४ ओभर बलिंग गर्ने क्रममा सन्दिपले ३४ रन खर्चेर २ विकेट लिएका हुन्। सन्दिपले पहिलो खेलमा ब्राम्पटन बिरुद्ध ४४ रन खर्चेर १ विकेट, दोश्रो खेलमा मोन्टरियल टाइगर्स बिरुद्ध २८ रन खर्चेर १ विकेट तथा तेश्रो खेलमा मोन्टरियल बिरुद्धनै २५ रन खर्चेर १ विकेट लिएका थिए।

यस्तो रह्यो सन्दिपको ४ ओभर 

सन्दिपको पहिलो ओभर – १३ रन , १ विकेट ( विकेट , ४ १ ४ ४ ० )

खेलको तेश्रो ओभरमै बलिंग गर्न आएका सन्दिपले ओभरको पहिलो बलमै उमर अकमलको ठुलो विकेट लिए। पाकिस्तान क्रिकेटर अकमल ठुलो सट खेल्ने चक्करमा अघि बढ्दै गर्दा सन्दिपको लेग स्पिनमा स्टम्प आउट हुन् पुगे। त्यसपछि भने सन्दिपलाई जेपी डुमिनिले १ चौका र क्रिस लिनले २ चौका प्रहार गरे।

सन्दिपको दोश्रो ओभर –  ८ रन ( ० १ १ १ ४ १ )

पावरप्लेमा पहिलो ओभर गरे पछि सन्दिप दोश्रो ओभर गर्न आठौँ ओभरमा आए। ओभरको पाँचौ बलमा डुमिनीले सन्दिपको लो-फुल टसलाई डिप मिड विकेटमा चौका प्रहार गरे। अन्य बलमा भने सन्दिपलाई बाउन्ड्री प्रहार गर्न सकेनन्।

सन्दिपको तेश्रो ओभर – ९ रन ( ० १ १ ० १ ६ )

ओभरको पहिलो ५ बलमा बाँधेर राखे पनि सन्दिपलाई अन्तिम बलमा डुमिनिले एक्स्ट्रा कभर माथि छक्का हिर्काए।

JP Duminy

सन्दिपको चौथो ओभर – ४ रन , १ विकेट ( ० २ ० विकेट १ १ )

चौथो ओभरमा स्पेलकै उत्कृस्ट गर्ने क्रममा सन्दिपले सन्नी सोहाललाई ओभरको चौथो बलमा क्रिस ग्रिनबाट लंग अफमा क्याच आउट गराए। स्लग स्विप गर्ने क्रममा सोहल ३६ रन बनाएर सन्दिपको दोश्रो शिकार बने। ओभरमा सन्दिपले सबैभन्दा किफायती बलिंग गर्दै मात्र ४ रन खर्चिए।

४ ओभर बलिंग गर्दा सन्दिपले ३४ रन खर्चेर २ विकेट लिए। यस क्रममा २ उमर अकमल र सन्नी सोहलको विकेट लिंदा सन्दिपको बलमा १ छक्का र ४ चौका प्रहार भयो। ठुलो योगफलको खेलमा सन्दिपको बलिंग राम्रो रह्यो।

सन्दिपको राम्रो बलिंगका बाबजुद टोरोन्टो नेसनललाई २ रनले ( डीएल मेथड ) पराजित गर्दै विन्नीपेग हक्स ग्लोबल टि-२० क्यानडाको दोश्रो क्वालीफायरमा प्रवेश गरेको छ। भोलि हुने दोश्रो क्वालीफायरमा विन्नीपेगले फाइनल प्रवेशको लागि ब्राम्पटन वुल्भ्सको सामना गर्नेछ।

यस अघि पहिलो क्वालीफायरमा कोलिन मुनरो कप्तानीको ब्राम्पटन वुल्भ्सलाई ७७ रनले ( डीएल मेथड) पराजित गर्दै शोयब मालिक कप्तानीको भानकुभर नाइट्स फाइनल प्रवेश गरिसकेको छ।

टोरोन्टोले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा १७.१ ओभरमा विन्नीपेगले ५ विकेट गुमाएर २०१ रन बनाएको थियो। यही अवस्थामा मैदानमा प्रकासको अवस्था निकै कम हुँदा खेल रोकिन पुग्यो। मैदान अन्धकारको अवस्थामै त्यही रहेपछि अम्पायरले खेलाडीको सुरक्षालाई ध्यान दिंदै खेल निरन्तरता दिएनन् र डीएल मेथडमा दुर्भाग्यपूर्ण तरिकाले २ रनले विन्नीपेग विजयी हुन पुग्यो।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]