ग्लोबल टि-२० : सन्दिपको टिमको खेल ढिला सुरु हुने आयोजकको अपडेट

२०७६ श्रावण २२, बुधबार २२:५३

पैसा नपाएका कारण समयमा सुरु हुन नसकेको ग्लोबल टि-२० अन्तर्गत दोश्रो चरणको मोन्टरियल टाइगर्स र टोरोन्टो नेसनल बीचको खेल ढिला सुरु हुने प्रतियोगिताले जानकारी गराएको छ।

सन्दिप लामिछाने रहेको टिम टोरोन्टोलाई प्ले-अफ चरण पुग्न आजको खेल जित्ने पर्ने परिस्थिति रहेको छ। खेल नेपाली समय १०:१५ बजे राति सुरु हुने बताईएको थियो।

ग्लोबल टि-२० ले ट्वीटरमार्फत जानकारी गराउदै खेल प्राविधिक कारणले ढिला सुरु हुने र अब २ घण्टा ढिलो क्यानडा समय २:३० बजे दिउसो सुरु हुने बताएको छ। अर्थात् नेपाली समय राति १२:१५ बजे खेल सुरु हुने बताएको छ। खेल २० ओभरकै हुने पनि बताईएको छ।

यस अघि इएसपीएनक्रिक्इन्फोका पत्रकार पिटर डेला पेनाले ट्वीटरमार्फत खेलाडीले पैसा नपाएको कारण मैदान जान अस्विकार गरेको खुलासा गरेका थिए।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिरहेको स्टारस्पोर्ट्सले अहिले प्रत्यक्ष प्रशारण गरेको छैन। यस्तै लाइभ अपडेट दिने क्रिक्वज र क्रिक्इन्फोले टस ढिला भएको लेखेको छ। क्रिक्ववजले भने पिटर डेला पेनाको ट्वीटलाईनै अपडेटमा देखाएको छ र आयोजकको ट्वीटलाई इंगित गर्दै खेल २ घण्टा ढिला सुरु हुने लेखेको छ।

 

खेलाडीहरु खेल्न मानेको या नमानेको बारे अधिकारिक रुपमा समाचार भने बाहिर नआईसकेकोले खेल २ घण्टा पछि पनि सुरु हुने नहुने निश्चित भने छैन। आयोजकले २ घण्टा पछि खेल सुरु हुने जानकारी गराएको हुँदा खेलाडीहरुसंग सहमति भएको अनुमान गर्न सकिन्छ। खेल हुने नहुने भने अब सुरुवात भए पछि मात्रै थाहा हुनेछ।


गत वर्ष देखि संचालित प्रतियोगितामा ६ वटा फ़्रेन्चाइज् टोलिहरु खेलीरहेका छन्। प्रतियोगितामा युभराज सिंह, शाहिद अफ्रिदी, काइरन पोलार्ड, उमर अकमल , सोयब मलिक, ब्रेण्डन म्याकलम जस्ता ठुला क्रिकेटरहरु खेलीरहेका छन् जसलाई महँगो मूल्यमा टिमले ड्राफ्टमार्फत लिएको थियो।

आज मात्रै पाकिस्तानी क्रिकेटर उमर अकमलले प्रतियोगिताको दौरान आफुलाई फिक्सरले सम्पर्क गरेको खुलासा गरेका थिए। 

प्रतियोगिताको लिग चरणमा टोरोन्टोले ५ खेल खेल्दा २ जित र ३ हार बेहोरेको थियो। दोश्रो चरणमा हिजो रातिको २ वटा खेल वर्षाले रद्द भएपछि दोश्रो चरणको अन्तिम खेलमा टोरोन्टोले मोन्टरियल टाइगर्सलाई पराजित गरे अन्तिम-४ भित्र पर्दै प्लेअफ प्रवेश गर्नेछ। चौथो स्थानमा रहेको मोन्टरियललाई पनि आज जित्ने पर्ने स्थिति छ। सोमपाल कामि रहेको विन्नीपेग हक्स हाल तेश्रो स्थानमा रहेको छ र आजको खेल जुन टिमले जिते पनि प्ले-अफ प्रवेश गर्नेछ। आजको खेलमा यदी कुनै परिस्थितिमा मोन्टरियल र टोरोन्टोले अंक बाँडेमा भने विन्नीपेग प्लेअफ पुग्नेछैन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy