ग्लोबल टि-२० : सन्दिपको टिमको खेल ढिला सुरु हुने आयोजकको अपडेट

पैसा नपाएका कारण समयमा सुरु हुन नसकेको ग्लोबल टि-२० अन्तर्गत दोश्रो चरणको मोन्टरियल टाइगर्स र टोरोन्टो नेसनल बीचको खेल ढिला सुरु हुने प्रतियोगिताले जानकारी गराएको छ।

सन्दिप लामिछाने रहेको टिम टोरोन्टोलाई प्ले-अफ चरण पुग्न आजको खेल जित्ने पर्ने परिस्थिति रहेको छ। खेल नेपाली समय १०:१५ बजे राति सुरु हुने बताईएको थियो।

ग्लोबल टि-२० ले ट्वीटरमार्फत जानकारी गराउदै खेल प्राविधिक कारणले ढिला सुरु हुने र अब २ घण्टा ढिलो क्यानडा समय २:३० बजे दिउसो सुरु हुने बताएको छ। अर्थात् नेपाली समय राति १२:१५ बजे खेल सुरु हुने बताएको छ। खेल २० ओभरकै हुने पनि बताईएको छ।

यस अघि इएसपीएनक्रिक्इन्फोका पत्रकार पिटर डेला पेनाले ट्वीटरमार्फत खेलाडीले पैसा नपाएको कारण मैदान जान अस्विकार गरेको खुलासा गरेका थिए।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिरहेको स्टारस्पोर्ट्सले अहिले प्रत्यक्ष प्रशारण गरेको छैन। यस्तै लाइभ अपडेट दिने क्रिक्वज र क्रिक्इन्फोले टस ढिला भएको लेखेको छ। क्रिक्ववजले भने पिटर डेला पेनाको ट्वीटलाईनै अपडेटमा देखाएको छ र आयोजकको ट्वीटलाई इंगित गर्दै खेल २ घण्टा ढिला सुरु हुने लेखेको छ।

 

खेलाडीहरु खेल्न मानेको या नमानेको बारे अधिकारिक रुपमा समाचार भने बाहिर नआईसकेकोले खेल २ घण्टा पछि पनि सुरु हुने नहुने निश्चित भने छैन। आयोजकले २ घण्टा पछि खेल सुरु हुने जानकारी गराएको हुँदा खेलाडीहरुसंग सहमति भएको अनुमान गर्न सकिन्छ। खेल हुने नहुने भने अब सुरुवात भए पछि मात्रै थाहा हुनेछ।


गत वर्ष देखि संचालित प्रतियोगितामा ६ वटा फ़्रेन्चाइज् टोलिहरु खेलीरहेका छन्। प्रतियोगितामा युभराज सिंह, शाहिद अफ्रिदी, काइरन पोलार्ड, उमर अकमल , सोयब मलिक, ब्रेण्डन म्याकलम जस्ता ठुला क्रिकेटरहरु खेलीरहेका छन् जसलाई महँगो मूल्यमा टिमले ड्राफ्टमार्फत लिएको थियो।

आज मात्रै पाकिस्तानी क्रिकेटर उमर अकमलले प्रतियोगिताको दौरान आफुलाई फिक्सरले सम्पर्क गरेको खुलासा गरेका थिए। 

प्रतियोगिताको लिग चरणमा टोरोन्टोले ५ खेल खेल्दा २ जित र ३ हार बेहोरेको थियो। दोश्रो चरणमा हिजो रातिको २ वटा खेल वर्षाले रद्द भएपछि दोश्रो चरणको अन्तिम खेलमा टोरोन्टोले मोन्टरियल टाइगर्सलाई पराजित गरे अन्तिम-४ भित्र पर्दै प्लेअफ प्रवेश गर्नेछ। चौथो स्थानमा रहेको मोन्टरियललाई पनि आज जित्ने पर्ने स्थिति छ। सोमपाल कामि रहेको विन्नीपेग हक्स हाल तेश्रो स्थानमा रहेको छ र आजको खेल जुन टिमले जिते पनि प्ले-अफ प्रवेश गर्नेछ। आजको खेलमा यदी कुनै परिस्थितिमा मोन्टरियल र टोरोन्टोले अंक बाँडेमा भने विन्नीपेग प्लेअफ पुग्नेछैन।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]