नेपाल डिभिएम ग्लोबल एकेडेमीलाई विद्यालय इन्डोर क्रिकेट लिगको उपाधि

इटहरी – आइडियल स्पोर्ट्स एकेडेमीको आयोजनामा श्रावण २३ देखि २९ गतेसम्म इटहरी इन्डोर क्रिकेट हलमा सम्पन्न चौथो अन्तर विद्यालय इन्डोर क्रिकेट लिग २०८२ को उपाधि नेपाल डिभिएम ग्लोबल एकेडेमीले हात पारेको छ।

रोमाञ्चक फाइनलमा डिभिएमले कस्तुरी एकेडेमीलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। प्रतियोगितामा विश्व आदर्श स्कूलले तेस्रो तथा महेन्द्र मेमोरियलले चौथो स्थान हात पारे।

प्रतियोगिताको सिरिजको उत्कृष्ट खेलाडी कस्तुरी एकेडेमीका आदित्य अग्रवाल घोषित भए। उनले आइडियल स्पोर्ट्सबाट सम्पूर्ण क्रिकेट किट सेट प्राप्त गरे। विश्व आदर्श स्कूलका साक्ष्यम ढुङ्गाना सर्वश्रेष्ठ बलर घोषित हुँदै क्रिकेट जुत्ता प्राप्त गरे भने महेन्द्र मेमोरियलका सौरभ मेहता सर्वश्रेष्ठ ब्याटर घोषित भई क्रिकेट ब्याट पुरस्कार पाए। पशुपति ई.बी. स्कूलका प्रयास राउतलाई उदीयमान खेलाडीको रूपमा सम्मान गर्दै क्रिकेट ग्लोभ्स प्रदान गरियो। विश्व आदर्श स्कूलका प्रियांशु झा सर्वाधिक छक्का प्रहारकर्ता बने।

अन्तिम नतिजा यस प्रकार रहेको थियोः

  • च्याम्पियन – नेपाल डिभिएम ग्लोबल एकेडेमी

  • उपविजेता – कस्तुरी एकेडेमी

  • तेस्रो स्थान – विश्व आदर्श स्कूल

  • चौथो स्थान – महेन्द्र मेमोरियल

आयोजक आइडियल स्पोर्ट्स एकेडेमीले सम्पूर्ण सहभागी विद्यालय, प्रायोजक, समर्थक तथा क्रिकेटप्रेमीहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy