ग्लोबल टि-२० : सन्दिपले २ बल मात्र गर्दा दिपेन्द्र बेन्चमा, कहिले छ आगामी खेल ?

२०८० श्रावण ८, सोमबार ०८:४०

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत सरे ज्यागुअरको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले आफ्नो दोश्रो खेलमा २ बल मात्र बलिंग गर्न पाएका छन्।

सोमबार रातिको खेलमा टस हारेर ब्याटिंग गरेको ब्राम्प्टन वुल्भ्सले ७.२ ओभरमा ३ विकेट गुमाएर ५० रन बनाएको थियो। उक्त अवस्थामा खेल वर्षाले अवरुद्ध हुन पुग्यो जसपछि पुनः खेल सुचारु हुन सकेन।  खेल नतिजाविहिन हुँदा दुवै टिमले १/१ अंक बाँडेका छन्।

नेपाली स्पिनरले आठौँ ओभरमा बलिंग सुरुवात गर्दै २ बलमा ३ रन खर्चिएका थिए। उनको पहिलो बलमा पाकिस्तानी ब्याट्सम्यान हुसेन तलतले २ रन तथा दोश्रो बलमा १ रन लिएका थिए।

दिपेन्द्र अन्तिम-११ मा परेनन् 

मोन्टरियल टाइगर्सको प्रतिनिधित्व गरिरहेका अर्का नेपाली खेलाडी दिपेन्द्र ऐरीले भने पहिलो खेलमा राम्रो प्रदर्शनका बाबजुद अन्तिम-११ मा स्थान बनाउन सकेनन्। टाइगर्सले अन्तिम एघारमा लेग स्पिन अलराउण्डर म्याथु स्पर्सलाई मौका दिंदै ऐरीलाई बाहिर राखेको हो।

लिगको अघिल्लो खेलमा सरे ज्यागुअर विरुद्ध डेब्यु गरेका दिपेन्द्रले प्रभावशाली ब्याटिंग गर्ने क्रममा २२ बलमा २ चौका मद्दतले २८ रन बनाएका थिए।

खेलमा मोन्टरियलले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा मिसीसागा प्यान्थर्सलाई ७ विकेटले पराजित गर्यो। प्यान्थर्सले दिएको १४१ रनको लक्ष्य टाइगर्सले १५.५ ओभरमा भेटायो। टाइगर्सको जितमा बलिंगतर्फ कलिम सानाले ३ र कार्लोस ब्राथवेटले २ विकेट लिंदा ब्याटिंगमा कप्तान क्रिस लिनले अविजित ६४, शाकिब अल हसनले ३६ तथा शर्फेन रुथरफोर्डले २७ रन बनाए।

कहिले छ आगामी खेल ? 

लिगमा सन्दिपको टिम सरे ज्यागुअरले आगामी खेल भोलि मंगलबार टोरोन्टो नेसनल्स विरुद्ध खेल्नेछ। खेल नेपाली समय राति ८:४५ बजे (  25th July 8:45 PM ) सुरु हुनेछ।

दिपेन्द्रको टिम मोन्टरियल टाइगर्सले आगामी खेल भानकुभर नाइट्स विरुद्ध मंगलबार राति १:१५ बजे ( 26th July 1:15 AM ) खेल्नेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy