ग्लोबल टि-२० : सन्दिपको टिम टोरोन्टो पराजित, युभराजको कमजोर ब्याटिंग

बिहिबार बाट सुरु भएको ग्लोबल टि-२० क्यानडा लिगको दोश्रो संस्करण अन्तर्गत पहिलो खेलमा युभराज सिंह कप्तानीको टोरोन्टो नेसनल्सलाई क्रिस गेल कप्तानीको टिम भान्कुभर नाइट्सले पराजित गरेको छ। नाइट्स डिफेन्डिङ च्याम्पीयन टिम समेत हो।

टोरोन्टो टिममा सन्दिप लामिछाने पनि रहेका छन् जो अहिले सिंगापुरमा जारि टि-२० विश्वकप छनौट प्रतियोगिता पछि क्यानडा पुग्नेछन्। यस्तै सोमपाल कामि पनि विन्नीपेग हक्स टिममा रहेका छन् जो सन्दिपसंगै क्यानडा जानेछन्। 

ओन्टारियोमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको टोरोन्टोले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो। भान्कुभर नाइट्सले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

भान्कुभरको ब्याटिंगमा रस्सी भान डर डुसेनले अविजित ६५ तथा चाडविक वाल्टनले अविजित ५९ रन बनाए। डुसेनले ४३ बलमा ४ चौका र ३ छक्का तथा प्लेयर अफ द म्याच चुनिएका वाल्टनले ४ चौका र ४ छक्का प्रहार गरे। ओपनर क्रिस गेल १२ तथा टोबी भिसे २० रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि १२६ डुसेन र वाल्टनले १२६ रनको साझेदारी गरेका थिए।

टोरोन्टोको ब्याटिंग

पहिले ब्याटिंग गर्ने क्रममा टोरोन्टोको लागि ओपनर रोडरिगो थोमस र हेनरीच क्लासेनले समान ४१ रन बनाए। थोमसले ३१ बलमा ३/३ चौका र छक्कातथा क्लासेनले २० बलमा ४ छक्का र २ चौका प्रहार गरे।

एक समय १५० भन्दा कम योगफल बनाउने अवस्था आए पनि काइरन पोलार्डले १३ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै अविजित ३० रन बनाउदै टिमको योगफल २० ओभरमा १५९ पुर्याएका थिए। पोलार्डले इनिंगको अन्तिम ओभरमा फेलूक्वायोलाई २ छक्का र १ चौका मदतले १८ रन बनाएका थिए।

युभराजको बिर्सनलायक ब्याटिंग, अचम्म तरिकाले आउट 

भारतीय टिमबाट सन्यास लिंदै ग्लोबल टि-२० लिग क्यानडा खेल्ने बाटो खोलेका युभराज सिंहको लागि भने खेल बिर्सनलायक रह्यो। उनले १४ रन बनाउन २७ बल खेले भने एउटा पनि बाउन्ड्री प्रहार गर्न सकेनन्।

युभराज आउट पनि अचम्म तरिकाले भए। रिजवान चिमाले गरेको बलमा युभराजको ब्याटको भित्रि किनारा लिएको थियो। विकेटकिपर स्टम्पको नजिक उभिएका थिए जसले बल समाउन सकेनन् र ग्लभ्समा लागेर बल स्टम्पमा लाग्न पुग्यो। युभराज स्टम्पमा लाग्दा आफु क्रिज बाहिर छु भनेर अम्पायरको इसारा पनि नकुरी मैदान बाहिर पुगे। लेग अम्पायरले पनि उनलाई आउट दिए। तर बलले स्टम्पमा लाग्दा युभराजको खुट्टा क्रिजमै रहेको थियो। लेग अम्पायरले पनि टिभी अम्पायरलाई निर्णय पास गर्ने जरुरि ठानेनन्।  टिभी रिप्ले हेर्दासम्म युभराज मैदान बाहिर पुगीसकेका थिए भने पोलार्ड ब्याटिंगमा आईसकेका थिए।

भिडियो

 

View this post on Instagram

 

Yuvraj Singh walked off the field despite being not out ?‍♂️ @yuvisofficial #YuvrajSingh #GT20

A post shared by Thakur Hassam (@thakurhassam_gt) on

६ टिमहरु सहभागी प्रतियोगिता अन्तर्गत यसअघि छैठौं टिमको रुपमा रहेको वेस्ट इन्डिज ‘बि’ टिमको स्थानमा ब्रम्पटन उल्भ्सलाई समाबेश गरिएको छ। अन्य ५ टिमहरु एडमन्टन रोयल्स, मोन्ट्रेरियल टाइगर्स, टोरोन्टो नेश्नल्स, भान्कोभर नाइट्स र विन्नीपेग हक्स भने यथावत रहेका छन्।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]