ग्लोबल टि-२० फाइनल : टस हारेर विन्नीपेग ब्याटिंग गर्दै, सोमपाल परेनन् अन्तिम-११ मा

ग्लोबल टि-२० लिग क्यानडा अन्तर्गत विन्नीपेग हक्स र भानकुभर नाइट्स बीचको फाइनल खेलमा भानकुभर नाइट्सले टस जितेर बलिंग रोजेको छ। खेलमा नेपाली अल-राउण्डर सोमपाल कामिले पुनः अन्तिम-११ मा स्थान बनाउन सकेनन्।

Winnipeg Hawks (Playing XI): Shaiman Anwar, Chris Lynn, Jean-Paul Duminy, Dwayne Smith, Sunny Sohal, Rayad Emrit(c), Hamza Tariq(w), Paul van Meekeren, Mohammad Irfan, Kaleem Sana, Umair Ghani
Vancouver Knights (Playing XI): Tobias Visee(w), Chadwick Walton, Rassie van der Dussen, Shoaib Malik(c), Andre Russell, Hayden Walsh, Saad Bin Zafar, Daniel Sams, Michael Rippon, Rayyan Pathan, Ali Khan

नेपाली समय ११:४५ बजे राति सुरु हुने खेलको स्टार स्पोर्ट्स-२ ले प्रत्यक्ष प्रशारण गरिरहेको छ।

विन्नीपेगले दोश्रो क्वालीफायरमा हिजो ब्राम्पटन वुल्भ्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यस्तै भानकुभरले पहिलो क्वालीफायरमा ब्राम्पटनलाई ७७ रनले पराजित गर्दै सोझै फाइनलमा स्थान बनाएको थियो।

विन्नीपेगमा रहेका नेपाली अल-राउण्डर सोमपाल कामिले लिग चरणमा एडमोन्टन रोयल्स बिरुद्ध एउटा खेलमा मात्र मौका पाएका थिए। उक्त खेलमा ब्याटिंगमा अविजित १ रन बनाएका सोमपालले बलिंगमा २ ओभरमा ३३ रन खर्चेर विकेटविहिन भएका थिए। जसपछि कुनै पनि खेलमा सोमपालले मौका पाउन सकेनन्। सोमपाललाई विन्नीपेगले ३ हजार डलरमा ड्राफ्टमार्फत टिममा लिएको थियो।

 





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]