ग्लोबल टि-२० क्यानडा : सन्दिपको शानदार लय कायमै, प्यान्थर्स विरुद्ध लिए ३ विकेट

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट लय कायमै राखेका छन्।

शनिवार विहान मिसीसागा प्यान्थर्स विरुद्ध सरे ज्यागुअर्सले ५५ रनको जित दर्ता गर्दा नेपाली स्पिनरको योगदान विशेष रह्यो।

सन्दिपले ३ ओभर बलिंग गर्दा १८ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। त्यसक्रममा उनले क्यामरन डेलपोर्ट, जेम्स निशम र जस्करन सिंहको विकेट लिए।

इनिंग्सको दशौँ ओभरमा पहिलो ओभर बलिंग गरेका सन्दिपले पहिलो ओभरमा ९ रन खर्चिए। उनको पहिलो बलमै क्यामरन डेलपोर्टले छक्का प्रहार गरे।

त्यसपछि तेह्रौं ओभरमा आफ्नो दोश्रो बलिंग गरेका सन्दीपले एकै ओभरमा दुई ठूलो विकेट लिंदै खेलको दिशा परिवर्तन गरे। आक्रामक ब्याटिंग गर्दै २१ बलमा ४ छक्का मद्दतले ३३ रन बनाएका क्यामरन डेलपोर्टलाई उनले ओभरको चौंथो बलमा क्याच आउट पारे। त्यसपछि ओभरको अन्तिम बलमा उनले न्युजिल्यान्ड ब्याट्सम्यान जेम्स निशमलाई विकेटकिपर लिट्टन दासबाट स्टम्पिंग आउट गरे। निशमले खाता समेत खोल्न भ्याएनन्। ओभरमा सन्दिपले मात्र ३ रन खर्चेर २ विकेट लिए। ८८/३ को अवस्थाबाट मिसीसागा ९१/५ को अवस्थामा पुग्यो जसबाट खेलमा फर्कन सकेन।

सोह्रौं ओभरमा आफ्नो तेश्रो ओभर बलिंग गरेका सन्दिपले दोश्रो बलमा जस्करन सिंहलाई क्याच आउट पार्दै जारि सिजन आफ्नो उत्कृस्ट स्पेल दर्ता गरे। तेश्रो बलमा उनलाई जहुर खानले चौका प्रहार गरे। ओभरमा उनले ६ रन खर्चेर १ विकेट लिए।

सन्दिपको उत्कृस्ट स्पेलको मद्दतले सरेले दिएको १६५ रनको लक्ष्य पछ्याएको मिसीसागाले १७ ओभरमा १०९ रनमै सबै विकेट गुमायो। सरेका स्पेनसर जोन्सनले पनि ३ विकेट लिए भने म्याथु फोर्डले २ तथा आयान खान र अम्मर खालिदले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको सरेले ओपनर जतिन्दर सिंहको ५७, अलेक्स हेल्सको ३९ तथा लिट्टन दासको २५ रन मद्दतले २० ओभरमा ६ विकेट क्षेतीमा १६४ रन बनाएको थियो। मिसीसागाका जहुर खानले ३ विकेट लिए।

लिगमा दोश्रो जित पछि ४ खेलमा ५ अंक रहेको सरे अंकतालिकाको तेश्रो स्थानमा छ। उसले आगामी खेल आज राति १:१५ बजे भानकुभर नाइट्स विरुद्ध खेल्ने तालिकाछ।

पुनः जिते मोमेन्ट अफ द म्याच अवार्ड 

सन्दिपले ग्लोबल टि-२० क्यानडामा चौंथो खेल खेल्दा तेश्रो पटक ‘मोमेन्ट अफ द म्याच अवार्ड’ जितेका छन्। खेलमा एकै ओभरमा दुई विकेट लिंदै खेलको दिशा परिवर्तन गरेका कारण उनलाई उक्त अवार्ड दिईएको हो। त्यसवापत उनले पुनः ५ सय डलर पुरस्कार जितेका छन्।

जारि सिजन उत्कृस्ट लयमा रहेका सन्दिपले ४ खेलमा ७ विकेट लिईसकेका छन्। उनले पहिलो खेलमा मोन्टरियल टाइगर्स विरुद्ध २ विकेट लिएका थिए। वर्षाले प्रभावित ब्राम्प्टन वुल्भ्ससंगको खेलमा २ बल मात्र बलिंग गरेर विकेटविहिन रहेका उनले तेश्रो खेलमा टोरोन्टो नेसनल्स विरुद्ध २ विकेट लिएका थिए।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]